मुख्य सामग्रीमा जानुहोस्
Sunday, 20 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

के गायक निशान भट्टराईको दाम्पत्य जीवनमा दरार आएको हो ?

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले दुई वर्षअघि विवाह गरे । २०७७ सालमा यी दुईबीच कानुनी विवाह भयो ।दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरुले कानुनी विवाहमा परिणत गरेका थिए । नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप बनेयता निशान चर्चित बने । लगत्तै उनले प्रेमिका ऋचालाई विवाह गरे ।

अब भने यी दुईबीचको सम्बन्धमा दरार आएको अनुमान छ । दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गरेका छन् भने एकअर्कासँगको तस्वीर पनि डिलिट गरेका छन् ।

ऋचाले इन्स्टाग्राममा निशानलाई अनफलो गरेकी छन् । उनको अकाउन्टमा बिहे र निशानसँगका तस्वीर गायब छन् । निशानले आफ्नो आधिकारिक फेसबुकबाट पनि ऋचासँगका र बिहेका तस्वीर हटाएका छन् ।

अनफलो र तस्वीर हटाउने कार्यले यी दुईबीचको सम्बन्धमा दरार आएको अनुमान गर्न सकिन्छ । उनीहरु निकट स्रोतहरुले पनि उनीहरु केही समयदेखि अलग रहँदै आएको बताएका छन् । नेपाल आइडलबाट चर्चामा आएका निशान पछिल्लो समयका चर्चित गायक हुन् भने ऋचाले चाहिं निशानले गाएको गीत ‘लाउर जाने रेल’मा अभिनय गरेकी छन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।