काठमाडौं । फिल्म निर्देशक निश्चल बस्नेत र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबारेको एक पुरानो भिडियो अहिले टिकटक लगायतका सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
बालेनले गरेको नमस्कार निश्चलले नफर्काएर इग्नोर गरेको भन्दै भिडियोलाई सेयर गरिएको छ । निश्चलले यो भिडियोको यथार्थ बाहिर ल्याउँदै आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
बालेनलाई मेयर बनाउन अभियान चलिरहेको बेला आयोजित फिल्म ‘चिसो एस्ट्रे’को भिडियोलाई अहिले भाइरल बनाएर आफूविरुद्ध गालीगलौज गरिएको भन्दै निश्चलले आपत्ति जनाएका छन् । सात-आठ महिना अगाडिको भिडियोलाई अहिले भाइरल बनाइएको र साथीभाइले समेत आफूलाई यसबारे सोधखोज गर्न थालेपछि लेख्न बाध्य भएको निश्चलको दुःखेसो छ ।
यस्तो छ निर्देशक निश्चल बस्नेतको फेसबुक स्ट्याटस्
कसैको character assassination गर्न कति सजिलो भाको रैछ आजकल। भिडियो क्लिप निकाल्यो, आफूलाई मनलागेको text लेख्यो अनि सुरु हुन्छ खेला । गाली गलौच गर्नलाई औंला चिलाईहल्छ… “खाते काले, चुतिया , respect गर्न नसक्ने *जी , तेरो फिल्म बहिष्कार गर्नु पर्छ, यस्ता पनि कलाकार रे !! यस्तै अनेकौं, अझ कडा शब्दहरू…
बालेन् ले गरेको नमस्कार मैले नफर्काएर ignore गरें भन्दै tiktok मा एउटा भिडियो भाइरल हुँदै रैछ । साथीभाइ ले आफन्त ले पनि प्रश्न गर्न थाले के गरेको तैंले भन्दै । त्यै भएर लेख्दैछु ।
Balen लाई mayor बनाउन campaign चलिरहेको बेला काे कथा हो यो, चिसो ashtray film काे premiere काे समय ।
७-८ महिना अगाडि काे भिडियो हो त्यै बेला काे इभेन्ट काे । Balen र मेरो भेट अगाडि नै भएर सँग सँगै थियौं, अरु चिनजान भएका साथी आउँदा उनले अरूलाई, मैले अरूलाई greet गरिरहेका थियौं।
कथा सकियो !
हाम्रो mayor ज्यू लाई मैले respect गरिन रे , त्यै भएर i deserve all kind of hateful messages हैन त ?
***सत्य के हो मतलब भएन… गाली गर्न पाएपछि पछि हट्नु हुन्न है । ***
धन्यवाद ।