मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

बलिउड अभिनेता विवेक ओबरोय नेपालमा, नेपाली ढाका टोपीमा सजिए

Himali Patrika 1 मिनेट पढाइ

काठमाडाैं । बलिउड अभिनेता विवेक ओबरोय नेपाल आएका छन् । परिवारसहित नेपाल आएका ओबरोय आज साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएका हुन।

ओबरोयको बुवाआमा पहिला नेपाल आएता पनि उनी भने पहिलो पटक नेपाल आएका हुन। नेपाल आउने रहर पहिलै भएता पनि अहिले समय जुरेकाले आफू परिवारसँगै आएको उनको भनाई छ। उनी नेपाल र भारत उस्ता उस्तै लाग्ने बताउँदै आफ्ना बच्चाहरूलाई पवित्र स्थल पशुपति र लुम्बिनी घुमाउने अठोटले नेपाल आएको बताउँछन्।

व्यवसायी पुनम यादवको पहलमा नेपाल आएका ओबरोय नेपाल बसिन्जेल सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपतिलगायतको ठाउँहरू भ्रमण गर्नेछन्।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।