दीपिकाको ‘बिकिनी रङ’ले भारतमा तरंग, हिन्दू धर्मको पूजाआजामा प्रयोग हुने रङ लगाएको भन्दै चर्को विरोध

दीपिकाको ‘बिकिनी रङ’ले भारतमा तरंग, हिन्दू धर्मको पूजाआजामा प्रयोग हुने रङ लगाएको भन्दै चर्को विरोध

शाहरुख खानको प्रतीक्षित फिल्म ‘पठान’लाई लिएर बहिष्कारको हावा चल्न थालेको छ । पछिल्लोपटक रिलिज भएको फिल्मको गीत ‘बेसरम रङ’ले भारतमा विवाद सिर्जिएको छ ।खासमा अभिनेत्री दीपिका पादुकोणलाई लिएर विवाद चर्किएको हो । गीत रिलिज भएसँगै नृत्य स्टेप र पहिरनलाई लिएर दीपिका विवादले घेरिएकी हुन् ।

दीपिकाले पहिरिएको मोनोकोनी पहिरनलाई लिएर राजनीतिज्ञदेखि सर्वसाधारणले सम्म टिप्पणी गरेका छन् । बिकिनीको रङलाई लिएर सत्तारुढ भारतीय जनता पार्टी नेतासम्म आलोचनामा उत्रिएका छन् ।

दीपिकाको पहिरनको रङ हिन्दू धर्मको पूजाआजामा प्रयोग हुन्छ भने सत्तारुढ दल बीजेपीले पनि यो रङलाई प्रयोग गर्दै आएको छ । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले दृश्य नहटाए फिल्म रिलिज रोक्ने चेतावनी दिए । दीपिकाको बिकिनी र पहिरनको रङले अपमान गरेको आरोप उनको छ ।

Europass CV in Nepal

‘पठानका केही दृश्य विषालु मानसिकतामा आधारित छन्,’ उनले भने, ‘बेसरम रङ गीतमा प्रयोग भएको पहिरनको रङको कपडा प्रयोग गर्नु गलत छ । यदि दृश्य परिवर्तन नगरिए मध्यप्रदेशमा रिलिज आवश्यक छैन ।’

मिश्रले भने, ‘फिल्ममा टुकडे ग्याङकी समर्थक दीपिका पादुकोणले आपत्तिजनक कपडा पहिरिइन् र यो दूषित मानसिकताको साथ फिल्म बनाइयो ।’ बीजेपी नेता समेत रहेका मिश्र गीतमा प्रयोग गरिएको वेशभूषा पहिलो नजरमै धेरै आपत्तिजनक रहेको बताउँछन् ।

भारतका कतिपय ठाउँमा गीतको विरोध गर्दै शाहरुख र दीपिकाको पुतला समेत जलाइएको जनाइएको छ । सिद्धार्थ आनन्द निर्देशित फिल्म ‘पठान’को गीत ‘बेसरम रङ’ १२ डिसेम्बरमा सार्वजनिक भएको थियो । तर फिल्म चाहिं २५ जनवरी २०२३ मा प्रदर्शन हुँदैछ ।