मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

मिया खलिफालाई मन पर्छन यी तीन फुटबलर

Himali Patrika 1 मिनेट पढाइ

लेबनानी मोडल मिया खलिफा सधैँ खेलकुदमा चासो देखाइरहन्छिन्। पूर्व पोर्नस्टार खलिफाले इङ्लिस प्रिमियर लिगको क्लब वेस्ट ह्याम युनाइटेडको समर्थकको रूपमा आफूलाई चिनाइसकेकी छन्।

केही दिनअघि रोबी लिलको युट्युब च्यानलबाट सार्वजनिक भएको एक अन्तर्वार्तामा उनले आफूलाई मनपर्ने तीन फुटबलरको नाम खुलाएकी छन्। पोर्नहबमा डेब्यू गरेको दुई महिनामै सर्वाधिक रूचाइएकी एडल्ट नायिका बनेकी खलिफालाई सबैभन्दा मन पर्ने पूर्व इङ्लिस स्टार डेविड बेकहम हुन्।

‘मैले बेक्स (बेकहम) भन्नै पर्छ, किनभने म केटी हुँ,’ खलिफाले भनेकी छन्। दोस्रो स्थान उनले फ्रेन्च स्टार जिनेदिन जिदानलाई दिइन्।

‘जिदान किनभने, उनले टाउकोले २००६ विश्वकपमा इटालियन खेलाडीलाई हानेको मेरो लागि फुटबलमा सबैभन्दा रोमाञ्चकमध्ये एक क्षण हो,’ खलिफाले भनेकी छन्, ‘म द्वन्द्व मन पराउँछु। त्यसैले जिदानको त्यो प्रहार उत्कृष्ट क्षण हो।’ तेस्रो स्थानमा उनले अस्ट्रेलियन मिडफिल्डर एरोन मुयेको नाम लिएकी छन्।

‘उनी बास्केटबल स्टार कव्ही लियोनार्द जस्तै छन्,’ खलिफाले भनिन्, ‘उनको शारीरिक हाउभाउ, क्यामेरा अगाडि हुँदा लजाउने बानी उस्तै लाग्छ। उनले लियोनार्दको झल्को दिलाउँछन्, त्यसैले मलाई मनपर्छ।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।