दीपिका पादुकोणको भित्री बस्त्रले भारतमा तहल्का, उनिविरुद्ध प्रहरीमा उजुरी

दीपिका पादुकोणको भित्री बस्त्रले भारतमा तहल्का, उनिविरुद्ध प्रहरीमा उजुरी

शाहरुख खानको फिल्म पठानलाई लिएर यतिबेला निकै हंगामा मच्चिएको छ । अब विवादको बीचमा दीपिका पादुकोणविरुद्ध उजुरी परेको खबर प्राप्त भएको छ । दीपिका पादुकोणको बिकिनीलाई लिएर सूचना तथा प्रसारण मन्त्रालयमा उजुरी परेको छ ।दीपिकाको बिकिनी विवाद दिनप्रतिदिन बढ्दै गएको छ । बीजेपी नेताहरुको विरोधपछि उजुरी दर्ता गरिएको हो । उजुरी दर्तापछि यो मुद्दा एक कदम अगाडि बढेको छ ।

दीपिका पादुकोण र शाहरुख खानको फिल्म पठानको ‘बेशरम रंग’ गीत रिलिज भएदेखि नै चर्चामा छ । धेरैले यो गीतलाई मन पराएका छन् । तर, यस गीतमा दीपिका पादुकोणको बिकिनीको रंगका कारण निकै ट्रोल भइरहेको छ ।

उक्त गीतमा दीपिकाले लगाएको केसर रंगको बिकिनीलाई लिएर धार्मिक तथा राजनीतिक क्षेत्रका अगुवाहरूले समेत विरोध जनाएका छन् । यो गीतको देशका विभिन्न भागमा चर्को विरोध भइरहेको छ । मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले दीपिका पादुकोणको बिकिनी र शाहरुख खानको हरियो सर्टमा आपत्ति जनाएका छन् ।

Europass CV in Nepal

नरोत्तम मिश्रले यो दृश्य सम्पादन नगरे फिल्म रिलिज नहुने बताए । यति मात्र होइन, अब विनीत जिन्दल नामका व्यक्तिले दीपिकाको लुगाको रंगलाई लिएर सूचना तथा प्रसारण मन्त्रालयमा उजुरी गरेको खबर पनि आइरहेको छ । उजुरीमा जिन्दलले भनेका छन् कि हाम्रा साधुले ‘केशर’ रंग लगाएका छन् । यो गीतमा ‘केशर’ रंग देखाइएको तरिका आपत्तिजनक छ ।

हिजो अर्थात बिहीवार अयोध्याका महन्त राजु दासले पनि यस फिल्मको गीतलाई लिएर आपत्ति जनाएका थिए । उनले चलचित्रको दृश्य काटिएन भने यहाँ रिलिज हुन नदिने र कुनै हलमा चलचित्र प्रदर्शन भए त्यो थिएटर जलाउने बताए । पछिल्लो केही दिनदेखि यो गीतलाई लिएर जुन ढंगले हंगामा बढ्दै गएको छ, त्यसबाट शाहरुख र दीपिकाको कठिनाइ छिट्टै कम नहुने देखिन्छ ।

 

Europass CV in Nepal