मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

उच्च गुणस्तरको भिडियोसहित फिल्म टाइटानिक पुनः रिलिज गरिने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । जेम्स क्यामरुन निर्देशित फिल्म ‘टाइटानिक’ प्रदर्शनको २५ औं वर्ष पुगेको छेकोमा यो विश्वचर्चित फिल्मलाई भिजुअल स्तरोन्नतीसहित आउँदो भ्यालेन्टाइन्स डेमा विश्वभर पुनः रिलिज गरिने भएको छ ।

फेब्रुअरी १०, २०२३ मा दर्शकले हलमा थ्रीडी, फोरके एचडीआर र उच्च फ्रेम रेटमा रिमास्टर्ड गरिएको टाइटानिकको नयाँ संस्करण हेर्न पाउनेछन् । नेपालमा यसअघि ‘टाइटानिक’ थ्रीडी संस्करणमा समेत प्रदर्शन भैसकेको छ ।

डेडलाइन हलिउड म्यागजिनले यो फिल्मलाई विश्वभर पुनः प्रदर्शन गर्न लागिएको जनाएको छ । निर्देशक क्यामरुनका निर्माण साझेदार तथा लाइटस्ट्रोम इन्टरटेनमेन्टका प्रमुख जोन लान्डाउले स्पेनको बार्सिलोनामा आयोजित सिनेयुरोप प्रस्तुतिमा यो कुरा बताएका हुन् ।

केट विन्सलेट र लियोनार्डो डिक्याप्रियोलाई स्टारको रुपमा स्थापित गर्ने यो फिल्म सन् १९९७ को डिसेम्बरमा रिलिज भएको थियो । महिनौंसम्म विदेशमा चलेको यो फिल्मले ओस्कार अवार्डमा पनि वर्चस्व जमाएको थियो जसमा यसले उत्कृष्ट फिल्म, निर्देशक, सम्पादन, मौलिक गीत र अन्य पुरस्कार पनि जित्न सक्यो ।

सन् २०१२ मा यसको थ्रीडी संस्करण सार्वजनिक भएको थियो । विश्व बक्सअफिसमा २.२ बिलियन डलर कमाउँदै यो फिल्म तेस्रो धेरै कमाउने फिल्म समेत बनेको छ । क्यामरुनको अवतारको सर्वाधिक कमाउने कीर्तिमानलाई कसैले उछिन्न सकेको छैन ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।