मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

हिमेश पन्तले कमेडी टक शो चलाउने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । अघिल्लो सातासम्म कमेडी च्याम्पियन ‘हिमेश पन्त’को मुड चुनावमय थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धादिङ-१ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका उनले राम्रै मत ल्याएर पराजय व्योहोरे ।

चुनावी मुड उत्रिएपछि उनै हिमेश यतिबेला रंगकर्ममा फर्किएका छन् । हाँस्यव्यंग्यमा आधारित टेलिभिजन कार्यक्रम ‘शून्य : ज्ञानयुक्त तनावमुक्त’ ल्याउने भएका छन् । प्राइम टाइम्स टेलिभिजनमा पुसदेखि १३ एपिसोडको शो प्रसारण हुने भएको छ ।

राजनीतिज्ञलाई अतिथि बनाएर व्यंग्य गर्नेदेखि अनौपचारिक गफगाफ गर्ने शैलीमा आउने यो शोको होस्ट हिमेश आफै हुनेछन् । ‘नेतालाई बोलाएर राजनीति बाहेकको शून्यमा रहेर गफगाफ हुनेछ । सेन्स अफ ह्युमरमा रहेर व्यंग्यसहितको कुराकानी हुनेछ’ उनले भने ।

शोको उद्देश्य सन्देश दिनु रहेको उनको भनाइ छ । ‘यो हल्काफुल्क व्यंग्य गर्ने कार्यक्रम पनि हो’ राजनीतिक र सामाजिक विषयवस्तुमा कमेडी गर्ने उनले भने । हिमेशले अभिनय गरेको फिल्म ‘वर एण्ड वधु’ यतिबेला छायांकनमा समेत छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।