यस्तो पहिरनका कारण दुबईमा समस्यामा परिन् उर्फी जावेद

यस्तो पहिरनका कारण दुबईमा समस्यामा परिन् उर्फी जावेद

भारतीय टेलिशृंखला अभिनेत्री उर्फी जावेद दुबईमा समस्यामा परेकी छन्। पछिल्लो समय उर्फी पहिरनको कारण चर्चामा छिन्। अतरंगी पहिरनका कारण उनको चर्चासँगै ट्रोल पनि हुने गरेको छ। बोल्ड पहिरनका कारण दुबईमा उनी समस्यामा परेकी हुन्।

भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार दुबईको सार्वजनिक स्थलमा बोल्ड पहिरन लगाउँदै भिडिओ सुट गरेपछि उनलाई पक्राउ गरिएको हो। उनीसँग दुबईका पुलिसले सोधपुछ गरेका थिए। किनकी दुबईमा बोल्ड पहिरन लगाउँदै भिडिओ खिच्न अनुमति दिइँदैन। उनी दुबईमा आफ्ना इन्स्टाग्राम फ्यानका लागि भिडिओ खिच्न पुगेकी थिइन्।

‘उनले बनाएको पहिरनमा इन्स्टाग्रामको लागि भिडिओ खिचेकी थिइन्। उनको पहिरनमा कुनै समस्या छैन तर उनले सार्वजनिक स्थलमा भिडिओ सुट गरिरहेकी थिइन्। उनलाई पुलिसले सोधपुछ गरेको छ, हेरौं के हुन्छ,’ स्रोतले भने।

Europass CV in Nepal

सन् २०१६ मा ‘बडे भैयाकी दुल्हन’ बाट डेब्यु गरेकी उर्फीले चन्द्र नन्दनी, मेरी दुर्गा, बेपनहा, जीजी माँ, ए रिस्ता क्या कहलाता हे, कसौटी जिन्दगीकी जस्ता टेलिशृंखलामा काम गरेकी छन्।