मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

यस्तो पहिरनका कारण दुबईमा समस्यामा परिन् उर्फी जावेद

Himali Patrika 1 मिनेट पढाइ

भारतीय टेलिशृंखला अभिनेत्री उर्फी जावेद दुबईमा समस्यामा परेकी छन्। पछिल्लो समय उर्फी पहिरनको कारण चर्चामा छिन्। अतरंगी पहिरनका कारण उनको चर्चासँगै ट्रोल पनि हुने गरेको छ। बोल्ड पहिरनका कारण दुबईमा उनी समस्यामा परेकी हुन्।

भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार दुबईको सार्वजनिक स्थलमा बोल्ड पहिरन लगाउँदै भिडिओ सुट गरेपछि उनलाई पक्राउ गरिएको हो। उनीसँग दुबईका पुलिसले सोधपुछ गरेका थिए। किनकी दुबईमा बोल्ड पहिरन लगाउँदै भिडिओ खिच्न अनुमति दिइँदैन। उनी दुबईमा आफ्ना इन्स्टाग्राम फ्यानका लागि भिडिओ खिच्न पुगेकी थिइन्।

‘उनले बनाएको पहिरनमा इन्स्टाग्रामको लागि भिडिओ खिचेकी थिइन्। उनको पहिरनमा कुनै समस्या छैन तर उनले सार्वजनिक स्थलमा भिडिओ सुट गरिरहेकी थिइन्। उनलाई पुलिसले सोधपुछ गरेको छ, हेरौं के हुन्छ,’ स्रोतले भने।

सन् २०१६ मा ‘बडे भैयाकी दुल्हन’ बाट डेब्यु गरेकी उर्फीले चन्द्र नन्दनी, मेरी दुर्गा, बेपनहा, जीजी माँ, ए रिस्ता क्या कहलाता हे, कसौटी जिन्दगीकी जस्ता टेलिशृंखलामा काम गरेकी छन्।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।