मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

करण राई बने भ्वाइस अफ नेपाल सिजन ४ को विजेता

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् । आज भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे । करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् ।

टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने । दर्शककाे भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।

विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुनकाे सिक्री, ग्यालेक्सी जेड फोल्ड फाेन पुरस्कार प्राप्त गरे । ग्राण्ड फिनाले भव्य र रोचक बनेको थियो जहाँ अन्तिम ११ मा पर्न सफल ट्यालेन्टले गायकी प्रस्तुत गरेका थिए । जित हासिल गरेपछि करणले सांगीतिक करिअरलाई निरन्तरता दिने अझै मिहिनेत गर्ने बताए ।

यस्तै, टिम राजेश पायल राइको समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप भइन् । टिम प्रमोद खरेलको समूहबाट योगेश मगर सेकेन्ड रनरअप हुँदा टिम प्रविशा अधिकारीको तर्फबाट शाइल लिम्बू थर्ड रनरअप बने ।

भ्वाइसको उपाधि जितेपछि मिडियासँग कुराकानी गर्दै करणले आफूमा अझै जिम्मेवारी थपिएको बताए । उनले भने–‘मेरो त यो सुरुवात मात्र हो । ममा अझै जिम्मेवारी थपिएको छ । नेपाली सांगीतिक क्षेत्रमा अझै धेरै काम मैले गर्नुछ ।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।