मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

मेकअप कोठामा मृत भेटिइन् भारतीय अभिनेत्री तुनिशा शर्मा

Himali Patrika 1 मिनेट पढाइ

भारतीय टेलिशृंखला अभिनेत्री तुनिशा शर्मा मृत फेला परेकी छन्।शनिबार ‘अली बाबा: दास्तान ए काबुल’ को छायांकन सेटमा उनी मृत फेला परेकी हुन्। उक्त टेलिशृंखलामा उनी राजकुमारी मरियमको भूमिका निर्वाह गरिरहेकी थिइन्।

भारतीय सञ्चार माध्यमका अनुसार उनी एक मेकअप कोठाको पंखामा झुन्डिरहेको अवस्थामा भेटिएकी हुन्। उनलाई तत्काल आनन-फानन अस्पतालमा लगिएको थियो जहाँ डाक्टरले मृत घोषित गरेका थिए।

प्रहरीका अनुसार नयाँ गाउँको रामदेव स्टुडिओमा छायांकन भइरहेको थियो। ब्रेकको समयमा अभिनेत्री तुनिशा पंखामा झुन्डिएकी हुन्।तुनिशाकी आमाले उनको प्रेमी शीजान मोहम्मदको कारण छोरीले यस्तो कदम उठाएको आरोप लगाएकी छन्। प्रहरीले शीजानलाई पक्राउ गरेको छ।

चन्डीगढमा जन्मिएकी तुनिशाले २०१५ बाट अभिनयमा डेब्यु गरेकी थिइन्। उनको पहिलो टेलिभिजन शो ‘भारतका वीर पुत्र महाराणा प्रताप’ हो। त्यसपछि उनले ‘चक्रवर्ती अशोका सम्राट, गब्बर पुन्छवाला, शेर ए पञ्जाबः महाराजा रञ्जित सिंह, इन्टरनेटवाला लभ, इश्क शुभानाल्लाह’ जस्ता टेलिशृंखलामा काम गरेकी थिइन्। उनले २०१६ मा बलिउडमा पनि डेब्यु गरेकी थिइन्। उनको पहिलो फिल्म ‘फितुर’ हो। उनले ‘बार-बार देखो’ र ‘दबंग ३’ मा समेत अभिनय गरेकी छन्।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।