मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

१३ वर्षपछि अभिनेत्री बिपना थापाको पुनरागमन, मुख्य भूमिकामा नेपाली फिल्म खेल्ने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । अभिनेत्री बिपना थापाले झण्डै १३ वर्षपछि अभिनयमा पुनरागमन गर्ने पक्का भएको छ । छायांकन तयारीमा रहेको फिल्म ‘ह्रस्वदीर्घ’मा उनी प्रमुख कलाकारको रुपमा अनुबन्धित भएकी छन् ।

बिपनालाई प्रमुखमध्येको एक पात्रको रुपमा अनुबन्धित गरिएको जानकारी निर्देशक चन्द्र पन्तले दिए । ‘उहाँलाई अनुबन्धित गर्न पाउँदा हामीलाई गर्व महसुस भएको छ’ पन्तले अनलाइनखबरसँग भने ।

बिपनाको पछिल्लो फिल्म ‘संघर्ष जिन्दगीको’ जुलाइ २३, २०१० मा रिलिज भएको थियो । विवाहपछि फिल्मबाट टाढिएकी बिपना पछिल्लो समय भारतको कोलकातास्थित घरमा बस्दै आएकी छन् । उनी बेला-बेलामा नेपाल आउँछिन् । ‘हामीलाई बलियो पात्र आवश्यक थियो, त्यो रोलमा बिपनाजीलाई लिने निश्चित भयो । अनलाइनबाटै लिखित सम्झौता गरेका छौं’ पन्तले भने ।

फिल्मका चार प्रमुख पात्रमध्ये बिपनाको क्यारेक्टर एउटा रहेको जानकारी उनले दिए । फिल्ममा यसअघि सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रम्हानन्द लगायतका नेपाली र भारतीय कलाकार तय भैसकेका छन् ।

फेब्रुअरी १ देखि छायांकन सुरु हुने फिल्मलाई तीन चरणमा खिचिने भएको छ । भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट सुटिङ सुरु हुनेछ । दोस्रो चरणको छायांकन नेपालमा र तेस्रो भारतको बनारसमा गर्ने तयारी छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।