मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

दीपिकाको कपडाको रंगलाई लिएर प्रश्न गर्ने फ्यानलाई शाहरूख खानले दिए यस्तो जवाफ

Himali Patrika 1 मिनेट पढाइ

बलिउड अभिनेता शाहरूख खान यतिबेला आगामी फिल्म ‘पठान’ लाई लिएर चर्चामा छन्।गीत ‘बेशरम रंग’ मा दीपिका पादुकोणको कपडाको रंगलाई लिएर शाहरूखसँग धेरैले प्रश्न गरेका थिए। यहाँसम्म कि गीतकै कारण उनलाई ज्यान मार्ने धम्की समेत आएको थियो।

यतिबेला उनी अर्काे फिल्म ‘डंकी’ को छायांकनमा व्यस्त छन्। व्यस्तताबीच उनले आफ्ना फ्यानसँग कुराकानी गर्न ‘आस्क एसआरके सेशन’ राखेका थिए। जहाँ उनले फ्यानको प्रश्नको रमाइलो जवाफ दिएका छन्।

एक ट्विटर प्रयोगकर्ताले उनलाई सोधे, ‘पठानको ट्रेलर किन सार्वजनिक नगरेको?’ जवाफमा उनले भने, ‘हा हा मेरो मर्जी। जब आउँछ तब आउँछ।’ अर्काे ट्विटर प्रयोगकर्ताले उनलाई यस्तो शरीर बनाउन कति समय लाग्यो भनेर सोधेका थिए। शाहरूखले रमाइलो शैलीमा भने, ‘५७ वर्ष ब्रो…।’

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख र दीपिकासँगै जोन अब्राहमको पनि मुख्य भूमिका छ। यो फिल्म २५ जनवरीदेखि प्रदर्शन हुँदैछ। रिलिज अगावै सामाजिक सञ्जालमा ‘बायकट पठान’ ट्रेन्ड भइरहेको छ। यसैबीच शाहरूखले ‘पठान’ बहिष्कार गर्नुपर्छ भन्नेलाई जवाफ दिएका थिए। उनले राज्यलाई विभाजित गर्न खाजेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।