मुम्बई । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको हत्या भएको दाबी गरिएको छ। शव पोस्टमार्टममा सहभागी अस्पतालका एक कर्मचारीले अभिनेता राजपूतको हत्या भएको दाबी गरेका हुन्।
मुम्बईको कपुर अस्पतालका रूपकुमार शाहले एएनआईसँग कुरा गर्दै यस्तो दाबी गरे। अभिनेता राजपूतको शरीरमा चोटका डामहरू देखिएको शाहले दाबी गरे। उनले घाँटीमो रहेको डाम पनि झुन्डिएको नभएको बताए।
‘त्यस दिन अस्पतालमा पाँच शव पोस्टमार्टमका लागि ल्याइएका थिए। जसमा एक भिआइपी थिए। पोस्टमार्टम गर्ने बेला थाहा भयो, बलिउडका हिरो सुशान्त सिंह राजपुतको शव रहेछ। उनको शरीरमा धेरै डामहरू थिए। घाँटीमा पनि झुन्डिएको भन्दा फरक डाम देखिन्थयो। यसबारे मैले सिनियर डाक्टरलाई भनेको पनि थिएँ,’ उनले भनेका छन्। त्यतिबेला अस्पतालले पोस्टमार्टम रिपोर्टमा शरीर कुनै चोट नदेखिएको बताएको थियो। राजपुतले १४ जुन २०२० मा मुम्बईस्थित आफ्नै फ्लाटमा मृत भेटिएका थिए।
साहले भारतीय सञ्चार माध्यमहरुसँग भनेका छन्, ‘सुशान्त सिंह राजपुतको मृत्यु हुँदा हामीले कुपर अस्पतालमा पाँच वटा शव प्राप्त गरेका थियौं । हामीलाई भनियो कि यी शवहरु मध्ये एक भीआइपी शव हो । पोष्टमार्टम गर्न गएपछि थाहा भयो यो शव सुशान्त सिंह राजपूतको थियो ।’
उनले थप भने, ‘जब मैले पहिलो पटक सुशान्तको शव देखेँ, मैले तुरुन्तै वरिष्ठलाई यो आत्महत्या नभएर हत्या भएको बताए । तर मेरा वरिष्ठहरूले मलाई यसबारे पछि कुरा गर्छु भने । उनले जतिसक्दो चाँडो शवको तस्विर खिचेर प्रहरीलाई दिन भने । त्यसैले हामीले राति नै पोष्टमार्टम गर्यौं ।’
सुशान्तको पोस्टमार्टमको भिडियो रेकर्डिङ देखाउन कुनै अनुमति दिइएको थिएन, त्यसैले अन्तिम समयमा सुशान्तको शवको अवस्थाको कुनै प्रमाण छैन । अब यस विषयमा सुशान्तका वकिल विकास सिंहको प्रतिक्रिया आएको छ । उनले भने, ‘सुशान्तको शरीरमा चोटका निशान थिए वा थिएनन्, यसबारेमा म स्पष्टसँग केही भन्न सक्दिन, तर म भन्छु सुशान्तको मृत्युको कारण साधारण आत्महत्या थिएन । यसका पछाडि पक्कै कुनै न कुनै षड्यन्त्र थियो । अब ,सीबीआईले मात्रै यो समस्या समाधान गर्न सक्छ ।’
सुशान्त सिंह राजपूत १४ जुन, २०२० मा बान्द्रा स्थित उनको घरमा रहस्यमय रूपमा मृत फेला परेका थिए । सुरुमा यो घटना आत्महत्या भएको देखिए पनि पछि मिडिया र विपक्षी दलको दबाबका कारण घटनाको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो । सीबीआईको पछिल्लो प्रतिवेदनमा मृत्युको वास्तविक कारण आत्महत्या भनिएको थियो ।