मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

दश दिन लामो नेपाल भ्रमण सकेर स्वदेश फर्किए अभिनेता विवेक ओवरोय

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । १० दिने नेपाल भ्रमण सकेर भारतीय अभिनेता विवेक ओवरोय स्वदेश फर्किएका छन् । व्यवसायी पुनम यादवको पहलमा परिवारसहित नेपाल आएका ओवरोय आज स्वदेश फर्किएका हुन् ।

उनी मंसिर २८ गते नेपाल आएका थिए । व्यवसायी यादवले आफ्नै खर्च र पहलमा विवेकलाई नेपाल ल्याएकी हुन् ।नेपालमा रहँदा उनले पशुपतिनाथको दर्शन गर्नुका साथै विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेका थिए ।ओवरोयले नेपालमा हुँदा पोखरामा हाई ग्रङग एड्भेन्चर्समा जिपलाइन, स्काइक्रिमर समेत गरेका थिए ।

यस्तै उनले पोखरामा रहेको अन्नपूर्ण केबलकारको भ्रमण गरेका थिए ।ओवरोयले नेपाल बसाइका क्रममा यहाँको खाना एकदमै मिठो लागेको बताएका छन् ।फेरि पनि नेपालको भ्रमणमा आउने ओबरोएले बताए ।

व्यवसायी यादवले आबरोयको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् । आगामी दिनमा नेपालका पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागि आफ्नोतर्फबाट सम्पूर्ण पहल गर्ने पनि उनले बताएकी छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।