मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

अभिनेता निखिल उप्रेतीले ‘पडकास्ट’ मार्फत जीवन बाँच्ने कला सिकाउने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । अभिनेता निखिल उप्रेती पछिल्लो समय आध्यात्मिक अभियानमा पनि सक्रिय छन् । गत महिनासम्म उनी एमाले उम्मेदवार समेत रहेका दाजु हरि उप्रेतीलाई भोट माग्दै सर्लाहीको चुनावी अभियानमा व्यस्त थिए ।निखिलले पछिल्लो समय मोटिभेसनल स्पिच (जीवनदायी प्रवचन) दिन थालेका छन् । समबोधी अभियानमा रहेर उनले प्रवचन दिइरहेका छन् ।

यसैबीच, उनले मानिसलाई जीवन जिउने कला सिकाउनेबारेमा पडकास्ट सञ्चालन गर्ने भएका छन् । चाँडै सञ्चालन हुने पडकास्टमा मानिसलाई जीवनप्रति आशावादी बन्ने खालका प्रवचन दिने निखिलले बताए ।

‘चाँडै यो पडकास्ट आउनेछ जसले त्यो सुन्ने मानिसलाई हामी अलग छैनौं, बरु एउटै छौं भन्ने बोध गराउनेछ,’ उनले भने ।आफूले सञ्चालन गरेको समबोधी अभियानले समानान्तर बोधको कुरा गर्ने भन्दै निखिलले उक्त प्लेटफर्ममा जुनसुकै सवालमा समेत छलफल चलाइने बताए ।

‘यतिखेर हामीलाई सोसल नेटवर्कले नजिक बनाएको छ तर सोसल नेटवर्कले टाढा पनि बनाएको छ । अब हामीले नजिक हुन जान्नुपर्छ,’ उनी भन्छन्, ‘सामाजिक सञ्जालले हामीलाई निराशातर्फ लैजान्छ । प्रेमीप्रेमिका मात्र होइन, बाबुआमाले पनि । यो अवस्थामा हामी प्रेमको न्यानोको अपुग भएको व्यक्ति छौं । सोच्ने तरिकालाई फेरि पुनर्विचार नगर्ने त ?’ सामाजिक सञ्जाल र वेबसाइटमार्फत पडकास्ट सञ्चालनमा ल्याइने निखिलले जानकारी दिए ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।