मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

हलिउड फिल्म ‘अवतार २’ मा देख्न सकिने छैन अब यी दृश्य, किन हटाइयो यी भाग ?

Himali Patrika 1 मिनेट पढाइ

हलिउड फिल्म ‘अवतार: द वे अफ वाटर’ बाट १० मिनेटको दृश्य काटिएको छ।फिल्मबाट १० मिनेटको हिंसात्मक दृश्य काटिएको हो। निर्देशक जेम्स क्यामरुनले फिल्मको दृश्य काटिएको जानकारी दिएका हुन्।

उनले एक म्यागजिनसँगको कुराकानीमा भने, ‘फिल्ममा धेरै हिंसात्मक दृश्य थिए। प्रदर्शनका समयमा पनि आत्मविश्वास थिएन। म फिल्ममा सुन्दर, आध्यात्मिक र एक्सनबीच सन्तुलन राख्न चाहन्थें। त्यसैले फिल्म अलिकति गम्भीर भएको महसुस भयो।’

‘मैले बन्दुक हिंसाका दृश्यलाई लक्षित गर्दै फिल्मको लगभग १० मिनेट काटेँ। हिंसा र एक्सन एउटै कुरा हो। तपाईं यसलाई कसरी हेर्नुहुन्छ त्यसमा निर्भर गर्दछ। हरेक एक्सन फिल्म निर्माताको दुविधा हो र म एक एक्सन फिल्म निर्माताको रूपमा चिनिन्छु,’ उनले भने।

‘मैले बनाएका केही फिल्महरू फर्केर हेर्दा अहिले म त्यस्तो फिल्म बनाउँछु वा बनाउँदिन थाहा छैन। बन्दुकका एक्सनहरूलाई महत्व दिन्छु वा दिन्न थाहा छैन जसरी मैले ३० वर्षभन्दा अगाडि केही टर्मिनेटर फिल्महरूमा दिएको थिएँ। अहिले हाम्रो समाजमा बन्दुकले के भैरहेको छ भन्ने कुरा दिमागमा खेल्छ। म न्युजिल्यान्डमा बस्न पाउँदा खुसी छु जहाँ मस्जिदमा गोली हानाहान भएको दुई हप्तापछि राइफलमा प्रतिबन्ध गरिएको छ,’ उनले भने।

जेम्स क्यामरुनले यसअघि नै ‘अवतार ३ र ४’ को पनि छायांकन गरिसकेको बताएका थिए। उक्त फिल्म दुई वर्षको अन्तरालमा प्रदर्शन गर्ने निर्माण टिमको योजना छ। ‘लामो समयको अन्तरालमा फिल्म छायांकन गर्दा कलाकार उमेरमा परिवर्तन हुने देखियो। पहिलो दुई फिल्म हेरेका दर्शकको लागि ढिलाइ हुने कुरालाई विचार गर्दै दुई सिरिज छिट्टै छायांकन गरिएको हो,’ उनले भनेका थिए।

विश्व बक्स अफिसमा फिल्मले एक बिलियन अमेरिकन डलर कमाएको छ। सन् २००९ मा प्रदर्शन भएको ‘अवतार’ले विश्वव्यापी रुपमा सबैभन्दा बढी कमाइ गर्ने फिल्मको कीर्तिमान राखेको थियो। फिल्मले २.८४ बिलियन अमेरिकी डलर कमाएको थियो।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।