मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

‘रश्मिका मन्दना’ टलिउडकी महँगी, एक फिल्म खेलवापत लिन्छिन यति धेरै रकम

Himali Patrika 1 मिनेट पढाइ

अभिनेताबाट फिल्म समीक्षक बनेका कमाल आर खान (केआरके) बलिउड कलाकारमाथि विवादित प्रतिक्रिया दिएर चर्चामा आउने गर्छन्।उनले अर्जुन कपूर र मलाइका अरोडाको सम्बन्धलाई ट्रोल गर्नेदेखि लिएर शाहरूख खानलाई टिकटक स्टार समेत भनिसकेका छन्। यसैबीच उनले दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाबारे दिएको अभिव्यक्ति चर्चामा छन्।

उनले रश्मिकाको बलिउडमा कुनै भविष्य नभएको बताएका छन्। उनले ट्वीटमा लेखेका छन्, ‘रश्मिका मन्दना दक्षिण भारतीय फिल्म र भोजपुरी फिल्मको लागि उचित छिन् तर हिन्दी फिल्म उनको लागि गलत छनोट हो। हिन्दी फिल्मका दर्शक उनलाई मुख्य अभिनेत्रीको रुपमा स्वीकार गर्दैनन् किनकी दर्शकले पहिले ऐश्वर्या, करीना र माधुरीजस्ता अभिनेत्रीलाई हेरिसके।’

यसअघि उनले रणवीर सिंहको फिल्मी भविष्य सकिएको समेत दाबी गरेका थिए। उनको ट्वीट भाइरल भएसँगै ट्वीटर प्रयोगकर्ताहरूले प्रतिक्रिया दिन सुरू गरेका छन्।एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘फिल्मकर्मीहरू तपाईंलाई बलिउड र दक्षिण भारतीय फिल्म त के भोजपुरी फिल्ममा पनि काम दिँदैनन्।’

रश्मिकाले हालै अमिताभ बच्चन र नीना गुप्ताको फिल्म ‘गुडबाई’ बाट बलिउडमा डेब्यू गरेकी हुन्। उनी सिद्धार्थ मल्होत्रासँग आगामी फिल्म ‘मिशन मजनू’ मा देखिनेछिन्। यो फिल्म १९ जनवरीदेखि प्रदर्शन हुनेछ।

रश्मिकाको दक्षिण भारतीय फिल्म ‘गीता गोविन्दम’ र ‘डियर कमरेड’ खुब रूचाइएको थियो। उनी फिल्म ‘पुष्पाः द राइज’ पछि निकै चर्चामा आइन्। टलिउडमा जमेकी उनको चर्चा ‘पुष्पा’ ले पूरा भारतभर फैलायो।

यो फिल्मको सफलतासँगै रश्मिकाले आफ्नो पारिश्रमिक पनि बढाएकी छन्। बलिउड लाइफका अनुसार उनी अहिले टलिउडकी महँगी अभिनेत्रीमध्ये एक हुन्। उनले पहिले एक फिल्मबापत् दुई करोड भारू लिन्थिन्। पुष्पादेखि भने उनले आफ्नो पारिश्रमिक तीन करोड भारू पुर्‍याएकी छन्। बढी पारिश्रमिक लिनेमा उनले अभिनेत्री सामन्था रूथलाई उछिनेकी हुन्।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।