मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

‘बेसरम रंग’को दृश्यमा अभिनेत्री दीपिका पादुकोण, भारतीय सेन्सर बोर्डले दियो यस्तो निर्देशन

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । शाहरुख खानको कमब्याक फिल्म ‘पठान’लाई लिएर दर्शकहरुमा जति पर्खाइ छ, त्यति नै विवादमा पनि तानिएको छ । केही दिनअघि सार्वजनिक भएको ‘पठान’को गीत ‘बेसरम रंग’को बिकिनी विवाद तत्काल मत्थर हुने कुनै संकेत देखिएको छैन ।

गीतमा अभिनेत्री दीपिका पादुकोणले लगाएको पहेंलो रंगको विकिनीलाई लिएर हिन्दूवाली संघसंस्थाले ‘बहिष्कार’को मुद्दा उठाइरहेका छन् । आगामी २५ जनवरीमा रिलिज हुने तयारीमा रहेको फिल्मको गीत विवाद भारतको सेन्सर बोर्डमा पनि पुगेको छ ।

केन्द्रीय फिल्म प्रमाणन बोर्ड (सीबीएफसी)ले ‘बेसरम रंग’ गीतको भिडियो परिमार्जन गरेर बुझाउन फिल्म निर्माण कम्पनीलाई निर्देशन दिएको बलिउड हंगामाले जनाएको छ । सीबीएफका अध्यक्ष प्रसुन जोशीले फिल्म हलमा रिलिज हुनु अगाडि नै उक्त गीतको भिडियो परिमार्जन गरेर बुझाउन भनेका छन् ।

उनले सेन्सर बोर्डले सधैं ‘पब्लिक सेन्टिमेन्ट’को सम्मान गर्दै आइरहेको र सबै विषय वार्ताकै माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिने गरेको बताए । ‘पठान’मा शाहरुख र दीपिकासहित जोन अब्राहमको पनि मुख्य भूमिका रहेको छ । सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्ममा बीएफएक्स र एक्सनका जबर्जस्त दृश्य देख्न सकिन्छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।