मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

जिम जान थालेपछि सिलीम भइन समिक्षा अधिकारी, पर्सनल ट्रेनरसंग यसरी रमाउँदै

Himali Patrika 1 मिनेट पढाइ

पछिल्लो समय विवादका कारण चर्चामा आएकी गायिका समिक्षा अधिकारी फिटनेसका लागि जिम जान सुरु गरेकी छिन। गायिका अधिकारीले सामाजिक सञ्जालमार्फत जिम जान थालेको जानकारी दिएकी हुन् । गायिका निकट स्रोतका अनुसार उनी बिहीबारदेखि काठमाडौंको बसुन्धरामा रहेको ‘बडी फ्यूजन फिटनेस सेन्टर’ मा जान थालेकी हुन् । उनलाई प्रशिक्षक रीजोन श्रेष्ठले ट्रेनिङ दिनेछन् ।

गत हप्ता मात्रै ओएस नेपालले छापेको उनको मध्यरातमा लेखिएको स्टाटस अब त अति भयो, बाँच्न मन छैन भन्दै लेखेको स्टाटस अनुसार छापिएको समाचार उनले सहयोगी मार्फत हटाउन आग्रह गरिन् ।

समिक्षाले सामाजिक संजालमा सक्रिया देखाउन खोजेकी छिन् । तर लेख्दै मेटाउँदै गर्दै जाँदा उनी हिम्मत बटुलेर अघि बढ्न खोजीरहेका बेला कमला घिमिरेको गीतबाट पनि केही डिस्टर्ब बनिन् । कमलाले पनि आँफुले अन्जानमा गरेको गल्ती भन्दै माफी त मागिन् ।

समाजिक संजालमा कमलाको चर्को आलोचना भयो । यही बिचमा गायिका समिक्षा फेरी जिम जान थालेकी छिन् । उनले आफ्नो डे वान भन्दै लेटेस्ट तस्विर सेयर गरेकी जिम घर भित्रको तस्विर सेयर गरेसँगै समिक्षाले फेरी दर्शक श्रोताको माया भने पाएकी छिन् ।

सार्वजनिक तस्विरमा केही नराम्रा कमेन्टहरु भए पनि राम्रा र उनको प्रगतीको कामना गरिएका कमेन्टहरु धेरै छन् । जसबाट समिक्षाले फेरी एक पटक हिम्मत बटुलेर अघि बढ्न आवश्यक रहेको धेरैले सुझाव दिएका छन् ।

चलचित्रको पार्श्व गायनदेखि लोक गीत तथा आधुनिक गीत सबै विधाका गीतमा एकछत्र जादु चलेका बेला उनको जीवनका परिस्थिति फेरिएपछि केहि समय हराएकी गायिका समिक्षा अधिकारी अहिले फेरी हिम्मत बटुलेर पुन पहिलेकै अवस्थामा फेर्किन कोसिस गरेको देख्न सकिन्छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।