मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

आर्यन र उपासनाको प्रेमिल जोडी, ‘यो के भयो’

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । प्रवीण झा निर्देशित सिनेमा ‘डिसेम्बर फल्स’को नयाँ गीत सार्वजनिक भएको छ। शनिबार रिलिज गीतमा अस्मिता अधिकारी र मनिष ढकालको सुमधुर आवाज रहेको छ भने गीतमा सुशान्त गौतमको संगीत रहेको छ।

गीतको शब्द चाहिं सुशान्ताले अनिल गौतमसंग मिलेर लेखेका हुन्। प्रेमिल गीतको भिडियोमा ‘डिसेम्बर फल्स’का नायक आर्यन सिग्देल र नायिका उपासना सिङ ठकुरीलाई रोमाण्टिक अवतारमा देख्न सकिन्छ। उनीहरुको केमेस्ट्री समेत गजब देखिएको छ भिडियोमा। भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्। सिनेमा आगामी पौष १५ गतेबाट रिलिजमा आउँदै छ।

रामप्रसाद रिजालले निर्माण गरेको सिनेमा सलोन बस्नेत, सुमन थापा, शिशिर राणा, गीता अधिकारी, नागेन्द्र रिजाल, जयना कुँवर, सुमन थापा, सुमिन गुरुङ, किशन सुनुवार लगायतका कलाकारको पनि अभिनय छ ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालका साथै राजकुमार भट्ट छन् । श्रीराम बालाजी फिल्मस्ले नेपालभर सिनेमालाई वितरणको जिम्मा लिएको छ ।

नेपाली मुलका भारतीय निर्देशक प्रवीण झाद्वारा निर्देशित सिनेमामा महेश आर गुप्ताको छायांकन, विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रविण सिंहको कोरियोग्राफी छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।