मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

तपाईं हिन्दू कि मुस्लिम भनेर प्रश्न गर्नेलाई नाजिरले दिए यस्तो जवाफ

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । अभिनेता नाजिर हुसेनले नेपाली टोपी दिवसको शुभकामना दिदै तपाई हिन्दू कि मुसलमान भनेर आफूलाई सोधिने प्रश्नमा दुखेसो व्यक्त गरेका छन् ।

नागरिकता वा मेरो पासपोर्टमा लेखिएको मोहमद नाजिर हुसेन नाम पढेर आफूले अनावश्यक प्रश्नहरूको सामना गर्नु परेको दुखेसो पोख्दै उनले आफू मान्छे बन्न खोजिरहेको बताएका छन् ।

नाजिरले आइतबार नेपाली टोपी दिवस एवं अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै ढाका टोपी लगाएको तस्वीर पनि सार्वजनिक गरेका छन् । नाजिरले नामका कारण प्रायः सोधिने नेपाली कि भारतीय, हिन्दू कि मुसलमान भन्ने प्रश्नको सामना गर्नु परेको गुनासो गरेका छन् ।

नाजिरले फेसबुकमा लेखेका छन् :

मेरो वंशज नागरिकता वा मेरो पासपोर्टमा लेखिएको मोहमद नाजिर हुसेन नाम पढेर मैले प्राय नखोज्दा पनि भेटिरहने प्रश्नहरू
तपाई इन्डिएन मुस्लिम कि नेपाली मुस्लिम ?
तपाई हिन्दू कि मुसलमान ?
ओहो, तपाई त तराईबाट आएको भएपनि
नेपाली त स्पष्ट बोल्नु हुदोँ रैछ !
फ्याट्ट उत्तर दिन मन लाग्छ
हम्राके भोजपुरीयो निमनसे बोलेके लुर बा ।
मान्छे बन्न खोज्दैछु
मान्छे बन्न दिनुस् ।

सुन्नुस
म पनि यहि माटोको हो
मेरो शरीरमा पनि रगतनै हो बग्ने
देशको कुरा आउँदा तपाईलाई जति दुख्छ मलाई पनि तेतिनै दुख्छ
तपाईलाई जति खुशीलाग्छ मलाई पनि तेतिनै खुसी लाग्छ ।
हरेक नेपालीको शिरमा सगरमाथा झैँ अटल, अग्लो र विशाल भएर बस्ने
हाम्रो ढाका टोपी जस्तै,
सबैको सोच र विचार अग्लियोस !
ढाका टोपी (नेपाली टोपी ) दिवसको सबैमा शुभकामना

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।