एजेन्सी । दक्षिण भारतीय अभिनेता दर्शन कुमारलाई एक कार्यक्रममा चप्पल प्रहार भएको छ । उनीमाथि चप्पलले प्रहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि दर्शन अचानक चर्चामा आएका छन् । उनले महिलामाथि आपत्तिजनक टिप्पणी गरेपछि उनको चर्को विरोध भइरहेको थियो । दर्शनको टिप्पणीले महिलाप्रतिको उनको कमजोर सोच देखिएको त्याहाँका जनताहरूको भनाइ छ ।
भारतीय सञ्चार माध्यमका अनुसार दर्शन आफ्नो फिल्मको प्रचार गर्न भारतको कर्नाटक पुगेका थिए । त्यहा उनको फिल्मको नयाँ गीत सार्वजनिक गर्न एक कार्यक्रमको आयोजना गरिएको थियो । उनी कार्यक्रममा पुगेर मञ्चमा चढेका थिए र त्यही क्रममा उनीमाथि चप्पल प्रहार भएको थियो । जुन उनको काँधमा लागेको थियो ।
दर्शनले हालै भारतीय सञ्चार माध्यमसँग एक अन्तर्वार्ता दिएका थिए । उनले अन्तर्वार्तामा भनेका थिए, ‘भाग्यकी देवीले तिम्रो ढोका ढकढकाउँदैनन् । यदि उनले ढोका ढकढकाइन् भने उनलाई समात्नुहोस् र आफ्नो बेडरूममा लानुहोस् ।’ दर्शनको उक्त भनाइको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरु आक्रोशित भएका थिए । जसकारण उनीमाथि चप्पलले प्रहार भएको हो ।
दर्शन आफ्नो फिल्मको प्रचार गर्न कर्नाटक पुगेका थिए । उनको फिल्मको नयाँ गीत सार्वजनिक गर्न एक कार्यक्रमको आयोजना गरिएको थियो । उनी कार्यक्रममा पुगेर मञ्चमा चढेका थिए र त्यही क्रममा उनको एक तर्फबाट चप्पल फ्याँकिएको थियो जुन उनको काँधमा लागेको थियो । घटनास्थलमा उपस्थित मानिसहरु यो घटना देखेर छक्क परे । तत्कालै स्थिति नियन्त्रणमा लिइएको थियो । दर्शन कुमारको भनाइको विरोध भइरहेका बेला केहीले दर्शनलाई थप्पड मार्नेलाई पक्राउ गर्न माग गरेका छन् ।







