मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

न्यु इयर मनाउने यस्तो छ नेपाली सेलिब्रिटीको काइदा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । नयाँवर्ष २०२३ सुरु भएको छ । सेलिब्रिटीले पनि आ–आफ्नै शैलीमा वर्ष २०२२ लाई बिदाइ गर्दै नयाँवर्षलाई स्वागत गरेका छन् ।सेलिब्रिटीको नयाँवर्षका रिजोलुसन पनि भिन्न छन् । कतिपयले घुमघाम गर्ने र विचार बदल्ने कुरा गरेका छन् । कतिपयले स्वस्थ र खुसी हुन सुझाएका छन् । तर सबैबीच एउटा कुराको समानता छ- जीवनप्रति आशावादी बन्ने । मिस नेपालदेखि फिल्म कलाकार र मोडलसम्मले आशावादी बन्न प्रशंसकलाई सुझाएका छन् ।

मनिषा कोइराला लेख्छिन्, ‘पुस्तकको कुनै अनुच्छेदजस्तै नयाँवर्ष हामीअघि उभिएको छ । लेखनको प्रतीक्षामा छु । ह्याप्पी न्यु इयर ।’ मोडल नीति शाह नयाँवर्षमा रमाइलो गर्न आफू तयार भएको बताएकी छन् । लेख्छिन्, ‘यात्रा र जीवन अन्वेषणको सबैभन्दा अचम्मको वर्ष २०२२ को लागि म कृतज्ञ छु । पहाडदेखि सुरु भएको वर्ष समुन्द्री तटमा आएर सकिएको छ । सन् २०२३ मा धेरै यात्रा गर्ने, खाने र भ्लगिङ गर्छु । काम गर्दै, तारा हेर्दै, धेरै उडानसहित समुन्द्र तटमा रमाइलोका लागि म तयार छु ।’

अभिनेत्री करिश्मा मानन्धरको सुझावरुपी संकल्प छ । उनी लेख्छिन्, ‘आज ३६५ पृष्ठको पहिलो खाली पृष्ठ हो । राम्रो लेख्नुहोस् । नयाँवर्षको शुभकामना र हाम्रो लागि राम्रो काम गर्ने अर्को मौका ।’

गायिका मेलिना राई दुःख र कमजोरीलाई पछि छाड्न नयाँवर्षले भूमिका खेलोस् भन्ने आशा राख्छिन् । भन्छिन्, ‘यो वर्षले तपाईंको जीवनमा ठूलो प्रगतिशील परिवर्तन ल्याओस्, यो वर्षले तपाईंको जीवनमा सबै खुसी र थप उत्साह ल्याओस् । नकारात्मकता, दुःख र कमजोरीलाई पछाडि छोड्नुहोस् । स्वागत छ तपाईंको जीवनको नयाँ सुन्दर यात्रामा । स्वस्थ रहनुहोस् र मुस्कुराइरहनुहोस् ।’

कलाकार तथा फिल्म निर्माता रविन्द्रसिंह बानियाँ लेख्छन्, ‘भित्ताको क्यालेन्डर फेरिंदैमा वर्ष फेरिंदैन, विचार फेरौं, व्यवहार फेरौं, संकल्प फेरौं, बाटो फेरौं अनि जीवन फेरिएला अनि नयाँ वर्ष होइन नयाँ जीवन मनाउला सबैको शुभ होस्, मंगल होस् ।’

मिस नेपाल प्रियंकारानी जोशी नयाँवर्ष थप समृद्ध हुने बताउँछिन् । लेख्छिन्, ‘जीवन, तिमीले जे हुनुपर्ने थियो र त्यो बनाइरहेका छौं, मैले सधैं यसमा विश्वास गरेको छु । कहिलेकाहीं तिमी समस्यामा अल्झन सक्छौ तर त्यसबाट मुक्त गराउने साहस तिमीमा छ । त्यहाँ पर्न सूर्यको प्रकाश पर्खिरहेको छ ।’

सन् २०२२ मा अघि बढ्नु मेरा लागि सुन्दर यात्रा थियो । उपलब्धिहरू, यात्रा, शक्ति र प्रेमले भरिएको वर्ष । मैले पुरानो वर्षको कुरा राख्नुको अर्थ, आउने वर्षमा अवसर, आनन्द र लचिलोपनका थप ढोका खुल्नेछन् भन्नका लागि हो । नयाँवर्षलाई अझ उज्यालो बनाऔं ।’

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।