सुशान्तसिंह राजपूत बसेको फ्ल्याट दुई वर्षपछि मात्र भाडामा गयो

सुशान्तसिंह राजपूत बसेको फ्ल्याट दुई वर्षपछि मात्र भाडामा गयो

बलिउड अभिनेता सुशान्तसिंह राजपूतको मृत्यु भएको झण्डै साढे दुई वर्षपछि उनी बसेको फ्ल्याट भाडामा गएको छ। राजपूतको मृत्युपछि खाली रहेको बान्द्रास्थित वेस्टवाला फ्ल्याट साढे दुई वर्षपछि भाडामा गएको हो।

सुशान्त आफ्नै फ्ल्याटमा मृत भेटिएपछि उनी बस्ने फ्ल्याटमा कोही पनि बस्न मानेका थिएनन्।

मुम्बईमा रहेको रियल स्टेट ब्रोकर रफीक मर्चेन्टका अनुसार एक व्यक्तिले मासिक पाँच लाख रुपैयाँ भाडा तिर्ने सर्तमा फ्ल्याटमा बस्न तयार भएका छन्। पाँच लाखका अलावा भाडावालले ३० लाख रुपैयाँ सुरक्षा पनि जम्मा गर्नुपर्ने हुन्छ।

Europass CV in Nepal

सुशान्तले सन् २०२० को जुनमा यही फ्ल्याटमा आत्महत्या गरेका थिए। उनको मृत्युपछि यो कोठा खाली थियो। समुद्री किनारमा रहेको यो अपार्टमेन्टको फ्ल्याटमा चार कोठा छन्। जसमा एक ठूलो हल र एक चित्र कोठा छ।

Europass CV in Nepal