यी हुन् बलिउडका सबैभन्दा महँगा ७ आइटम गर्ल, एउटा गीतको लिन्छन् यति धेरै पारिश्रमिक

यी हुन् बलिउडका सबैभन्दा महँगा ७ आइटम गर्ल, एउटा गीतको लिन्छन् यति धेरै पारिश्रमिक

आइटम गीतलाई बलिउड चलचित्र हिट गराउने एक अचुक अस्त्र मानिन्छ। करीना कपूर देखि दीपिका पादुकोण जस्ता चर्चित अभिनेत्रीहरु पनि आइटम गर्ल बनिसकेका छन्। यी हुन् बलिउडका सबैभन्दा महँगा आइटम गर्लहरु:

सन्नी लियोनी : ४ करोड देखि ५ करोड रुपियाँ बलिउडमा सन्नी लियोनीको सबैभन्दा बढी डिमाण्ड हुने गर्दछ। सन्नीले शाहरुख खान जस्ता सुपरस्टारको फिल्म ‘रईस’ मा पनि आइटम नृत्य गरिसकेकी छिन्। उनले लगभग ४ देखि ५ करोड भारतीय रुपियाँ सम्म लिने गर्छिन्। सन्नीको आइटम नृत्य दर्शकले खुबै मन पराउने गर्छन् ।

प्रियंका चोपडा : ३ देखि ४ करोड रुपियाँ) प्रियंका चोपडाले ‘राम जाने’ जस्ता उत्कृष्ट आइटम गीत गरिसकेकी छिन्। उनले ३ देखि ४ करोड भारतीय रुपियाँ लिन्छिन् र ‘ए’ ग्रेड फिल्ममा मात्र आइटम नृत्य गर्न मन पराउँछिन्।

कट्रिना कैफ : (३ करोड रुपियाँ) कट्रिना कैफले ‘चिकनी चमेली’ र ‘शीला की जवानी’ जस्ता आइटम गीत गरिसकेकी छिन्। उनले एक आइटम नृत्यको लागि लगभग ३ करोड भारतीय रुपियाँ लिन्छिन। उनी सिर्फ सम्बन्धको आधारमा मात्र आइटम नृत्य गर्छिन्।

दीपिका पादुकोण : (३ करोड) कट्रिना जस्तै दीपिका पादुकोण पनि आफ्नो निर्माता साथी, निर्देशक र नायकको लागि मात्र आइटम नृत्य गर्ने गर्छिन्। र एक आइटम गीतको लागि करिब तीन करोड रुपियाँसम्म लिने गर्छिन्।

ज्याक्लिन फर्नाडिज : २ करोड रुपियाँ ) ज्याक्लिन फर्नाडिजले हालै रिलिज भएको फिल्म ‘बागी-२’ को आइटम गीत ‘एक दो तीन’ मा नृत्य गरेकी थिईन तर दर्शकले उनको नृत्यलाई खासै मन पराएनन्। उनी लगभग २ करोड रुपियाँ लिने गर्छिन्।

मलाइका अरोडा : ( २ करोड रुपियाँ) मलाइका अरोडाले अहिले आइटम नृत्यमा खासै रुचि देखाएकी छैनन्। खैर, उनले लगभग २ करोड रुपियाँ पारिश्रमिक लिन्छिन।

उर्वशी राउटेल : (५० लाख रुपियाँ) उर्वशी राउटेलको आइटम गीत ‘सारा जमाना’ अत्यन्तै हिट भएको थियो। उर्वशी करिब ५० लाख पारिश्रमिक लिने गर्छिन्।