बलिउडविरुद्ध चलेको बहिष्कार अभियानले एकपछि अर्को फिल्म फ्लप हुँदै

बलिउडविरुद्ध चलेको बहिष्कार अभियानले एकपछि अर्को फिल्म फ्लप हुँदै

एकपछि अर्को फ्लप भैरहेको बलिउड फिल्म र बलिउडविरुद्ध चलिरहेको ‘बायकट ट्रेन्ड’ले यतिबेला बलिउड इन्डस्ट्री चिन्तामा छ । हालै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ मुम्बई आएको मौकामा बलिउडका हस्तीहरुसँग भेट गरेका थिए । यो दौरानमा बलिउड सुपरस्टार सुनील शेट्टीले आदित्यनाथसँग बलिउडविरुद्ध चलेको ‘बायकट ट्रेन्ड’को अन्त्य गर्नका लागि मद्दत मागेका छन् ।

सुनीलले योगीसँग फिल्म उद्योगका विभिन्न समस्याहरुको बारेमा अवगत गराउँदै ड्रग्स र ‘बाइकट’ जस्ता मुद्धा पनि उठाएका थिए । बलिउडमा लागेको धब्बा मेटाउन प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गर्न आग्रह गर्दै उनले भनेका छन्, ‘बलिउडबाट ‘बायकट’ हटाउन अति आवश्यक छ र यसको खराब भएको छवि सुधार्न जरुरी छ ।’ उनले ‘बायकट ट्रेन्ड’ अन्त्य गर्न सबै जुट्नु पर्ने बताए ।

उनले ड्रग्सको मुद्धामा पनि भनेका छन्, ‘९० प्रतिशत बलिउड ड्रग्स लिँदैन । उनीहरु कडा मिहिनेत गरेर दर्शकसम्म आफ्नो काम पुर्याउन चाहन्छन् । यसकारण ‘बायकट ट्रेन्ड’ हटाएर बलिउडको विग्रदो छवि सुधार्न अत्यन्त जरुरी छ । बक्सामा एउटा विग्रिएको स्याउ हुनसक्छ तर हामी सबै त्यस्ता छैनौं । हाम्रो कहानी र संगीत दुनियाँभर जोडिएको छ । यसैले यो कलंक मेटाउन जरुरी छ ।’

Europass CV in Nepal

योगी आदित्यनाथसँगको भेटघाट कार्यक्रममा बलिउड अभिनेता ज्याकी श्राफले भने रोचक शैलीमा सिनेमाघरमा पाइने पपकर्नको मूल्य सस्तो गराउन आग्रह गरे । ‘थिएटरमा पपकर्नको मूल्य सस्तो गरिदिनुस् । ५ सय रुपैयाँको त पपकर्न मात्र किनेर खानुपर्छ । यो आम दर्शकको पहुँचभन्दा धेरै टाढाको कुरा हो । यति चर्को मूल्य लिनेलाई उत्तरप्रदेशले कारवाही गर्नुपर्छ,’ उनले भनेका थिए ।