मीना ढकाल अभिनित छोटो चलचित्र चौतारी युट्युब सार्वजनिक

मीना ढकाल अभिनित छोटो चलचित्र चौतारी युट्युब सार्वजनिक

काठमाडौँ । सामाजिक तथा पारिवारिक मुद्दालाई मिहिन ढङ्गले पर्दामा उतार्न सिपालु निर्देशक नवल नेपालद्वारा निर्देशित सर्ट फिल्म ‘चौतारी’ युट्युब मार्फत सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक उक्त सर्ट फिल्ममा दुई पुस्ताबीचको अपेक्षा तथा आँखाले देखेका सबै कुरा सत्य हुँदैनन् भन्न खोजिएको छ । फिल्ममार्फत उमेरले उत्पन्न गर्ने आवेग र त्यसको नियतीलाई पनि दर्शाउन खोजिएको छ ।

अभिभावक तथा सन्तान अनि दुबैतर्फको जिम्मेवारीलाई अदृश्य ढङ्गले बताउन खोजिएको कथालाई दिनेश न्यौपाने र नवल नेपालले तयार पारेका । १६ मिनेट अवधिको उक्त सर्ट फिल्म हरि ढकाल र गीता ढकालले निर्माण गरेका हुन भने मदन काश्यपले खिचेका छन् ।

यसमा वसन्त भट्ट, मिना ढकाल, विकाश लामिछाने तथा सिम्रन खड्काको अभिनय रहेको छ भने प्रिया न्यौपानेको अतिथी भूमिका । सिम्रन र प्रिया कान्तिपुर फिल्म एकेडमीबाट पास आउट कलाकार हुन् ।

Europass CV in Nepal

नवीन निरौलाको सम्पादन रहेको ‘चौतारी’ बाट दर्शकले सन्देशसहितको मनोरञ्जन पाउने कुरामा निर्देशक नेपाल ढुक्क देखिन्छन् । सामाजिक तथा पारिवारिक मुद्दालाई मिहिन ढङ्गले पर्दामा उतार्न सिपालु निर्देशक नवल नेपालद्वारा निर्देशित सर्ट फिल्म ‘चौतारी’ ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

दुई पुस्ताबीचको अपेक्षा तथा आँखाले देखेका सबै कुरा सत्य हुँदैनन् भन्न खोजिएको निर्माण यूनिटले जनाएको छ । १६ मिनेट अवधिको उक्त सर्ट फिल्म हरि ढकाल र गीता ढकालले निर्माण गरेका हुन भने मदन काश्यपले खिचेका छन् ।