मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

सकिराको नयाँ गीतले युट्युवमा रच्यो कीर्तिमान, २४ घण्टामै ६३ मिलियन पटक हेरियो

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । पूर्वपति जेरार्ड पिकेले आफूलाई धोका दिएको भन्दै गायिका सकिराले सार्वजनिक गरेको नयाँ गीतले युट्युवको रेकर्ड तोडेको छ । डिस ट्रयाक ‘आउट अफ योर लिग’लाई अपलोड भएको २४ घण्टामै ६३ मिलियन पटक हेरिएको छ । उक्त अवधिमा धेरै हेरिने ल्याटिन गीतको कीर्तिमान यसले रचेको छ ।

४५ वर्षीया गायिका सकिरा १० वर्षभन्दा बढी समय सँगै बसेपछि २०२२ मा बार्सिलोनाका ३५ वर्षीय पूर्व फुटबलर पिकेसँग अलग भएकी थिइन् । चार मिनेटको यो पप गीत साकिरा र अर्जेन्टिनाका निर्माता तथा डीजे बिजारापले सँगै काम गरेको पहिलो पटक हो ।

सकिराले जे बाल्भिन, लुइस फोन्सी र ड्याडी यान्कीजस्ता ल्याटिन संगीतकर्मीको युट्युव रेकर्डलाई तोडेको बीबीसीले जनाएको छ । ब्रेकअपको बारेमा बनेको यो उनको पहिलो गीत भने होइन । तीन महिनाअघि रिलिज भएको गीत ‘मोनोटोनिया’ बदलाको लागि लडिरहेको भन्दा हृदयविदारक गीत थियो ।

यो डिस ट्रयाकमा सकिराले पिकेकी नयाँ प्रेमिका बारेमा पनि गाएकी छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।