मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

साम्राज्ञीलाई हेर्न महोेत्सवमा भीड लाग्छ, हलमा जाँदैनन् दर्शक

Himali Patrika 1 मिनेट पढाइ

हिजो शुक्रबारदेखि रिलिज भएको फिल्म ‘तिम्रो मेरो साथ’को इनिसियल व्यापारले एउटा कुरा के पुष्टी भयो भने, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको स्टारडम अब ‘ए मेरो हजुर २’ चल्दाको जस्तो छैन ।

उनले, इनिसियल रुपमा पनि दर्शकलाई हलसम्म तान्ने खुबी राख्न सक्दिनन् । १८ लाखसम्म पारिश्रमिक लिने साम्राज्ञीको नाममा एउटा शोज पनि हाउसफूल हुन नसक्नु दुखको कुरा हो ।

खैर, हलमा दर्शक सुनसान भएपनि साम्राज्ञीलाई हेर्न प्रमोशनका क्रममा भने दर्शकको राम्रै उपस्थिती देखियो । फिल्म ‘तिम्रो मेरो साथ’को प्रचारका लागि चितवन महोत्सव पुग्दा उनको नाममा दर्शकको राम्रै हुटिङ भयो ।

मोसफलमा दर्शकले नायिकाप्रति देखाएको उत्साहले पनि निर्देशक तथा निर्माता रमेश एम के पौडेल फिल्म चल्नेमा ढुक्क थिए । तर, महोत्सव र सडकमा देखिएको भीड हलमा कही कतै देखिएन । मोफसलमा त अझै फिल्मको व्यापर दयनीय नै छ ।

साम्राज्ञी आफू अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ चलिरहेको समयमा आज चितवन महोत्सवमा फिल्म ‘ह्यारी कि प्यारी’को प्रमोशन गर्न पुगेकी छिन् । यो फिल्मको मोफसल टूर आजैबाट सुरु भएको हो । डाक्टर कपिल रिजालको निर्देशनमा तयार फिल्ममा साम्राज्ञीसँगै जितु नेपाल र बिजय बरालको मुख्य भूमिका छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।