शाहरुख खानको फिल्म ‘पठान’ नेपाल अधिकार महंगो मूल्यमा बिक्री

शाहरुख खानको फिल्म ‘पठान’ नेपाल अधिकार महंगो मूल्यमा बिक्री

काठमाडौं । चार वर्षपछि रिलिज तयारीमा रहेको शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’को नेपाल अधिकार महंगो मूल्यमा बिक्री भएको छ । निर्माण कम्पनी यशराज फिल्म्सले नेपाली वितरक ए-एट र ब्यांकटेस इन्टरटेनमेन्टलाई ‘केजीएफ २’कै हाराहारीमा राइट बेचेको हो ।

गत वैशाख १ गते रिलिज भएको दक्षिण भारतीय फिल्म ‘केजीएफ २’लाई यी दुई वितरकले साढे दुई करोड रुपैयाँ (एक करोड ५६ लाख भारु)मा खरिद गरेका थिए । ‘पठान’को लगानी उठाउन फिल्मले झण्डै नौ करोड रुपैयाँ ग्रस कमाउनुपर्छ । यदि फिल्मको वर्ड अफ माउथ सकारात्मक आएमा यसले दुई अंकको कमाइ गर्न सक्ने प्रक्षेपण गर्न सकिन्छ ।

शाहरुखको फिल्म चार वर्षपछि आउन लागेकाले पनि नेपाली फ्यानमाझ यसलाई लिएर ठूलै पर्खाइ छ । यो फिल्म आगामी बुधबार नेपालसहित विश्वभर प्रदर्शन हुनेछ । दर्शकमाझ बुधबार र विहीबार रिलिजको बानी नपरे पनि फिल्मले शुक्रबार र शनिबार आक्रामक कमाइ गर्न सक्ने देखिन्छ ।

Europass CV in Nepal

भारतमा फिल्मले पहिलो दिन ३९ देखि ४१ करोड भारुको ओपनिङ गर्न सक्ने प्रक्षेपण बलिउड हंगामाले गरेको छ । भारतमा बुकिङ खुलिसकेकाले आक्रामक ट्रेण्ड देखिएको छ भने नेपालमा सेन्सरपछि मात्र बुकिङ खुलाउने तयारी मल्टिप्लेक्सले गरेका छन् ।

 

Europass CV in Nepal