भर्खरै नीरा गुमाएको नेपाली लोक दोहोरीले फेरी अर्का हस्ती गुमायो

भर्खरै नीरा गुमाएको नेपाली लोक दोहोरीले फेरी अर्का हस्ती गुमायो

काठमाडौं । चर्चित गायिका नीरा छन्त्याललाई भर्खरै गुमाएको नेपाली लोक दोहोरीले फेरी एक अर्का हस्ती गुमाएको छ।  चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीमा होस् या देशभर आयोजना हुने बिभिन्न दोहोरी गीत प्रतियोगिता,  दौरा-सुरुवालमा मुसुक्क हाँसेर दोहोरी गाउने चर्चित दोहोरी गायक भिम पौडेलको निधन भएको छ।

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले गायक पौडेलको निधन भएको जानकारी दिएका छन् । दर्जनौं गीत गाएर चर्चित बनेका उनको निधन स्याङ्जास्थित घरमै भएको हो ।

दुई महिनादेखि बिरामी भएर उपचार गराइरहेका उनको शरीरमा रगतको कमी भएको जनाइएको छ । रक्तअल्पताको कारण उनी दुई महिनादेखि बिरामी थिए । उपचाररत उनी केही त्यसयता घरमै आराम गरिरहेका थिए ।

Europass CV in Nepal

उनी निकट गायिका सिर्जु अधिकारीसँग केही दिनअघिको कुराकानीमा पौडेलले आफूलाई हिंड्डुल गर्न गाह्रो भएको र रगतको कमी शरीर सुक्दै जान थालेको बताएका थिए । ‘मैले इन्द्रेणी कार्यक्रममा जाऊँ भनेको थिएँ । उहाँले बिरामी छु भन्नुभएको थियो,’ अधिकारीले भनिन् ।

पौडेलको पार्थिव शरिरलाई शुक्रबार नै पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने भएको छ । उनलाई श्रद्धाञ्जली दिन काठमाडौंबाट केही कलाकार पोखरा जाँदैछन् । प्रतिष्ठानका अध्यक्ष बीजीले फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।

पछिल्लो समय गायक पौडेल लाइभ दोहोरी गायनमा सक्रिय थिए । ‘भीम शालीन स्वभावका गायक हुन् । उनको निधन समग्र लोकदोहोरी क्षेत्रकै लागि अपूरणीय क्षति हो,’ अध्यक्ष बीजीले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन् ।

Europass CV in Nepal