मुख्य सामग्रीमा जानुहोस्
Thursday, 17 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

अभिनेत्री जल शाहलाई बालेनले सोधे, अमेरिकामा मेयरको सिस्टम कस्तो छ ?

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । केही समयअघि अमेरिकाबाट नेपाल आएकी अभिनेत्री जल शाह र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटघाट भएको छ । पति शरद रिमाल र छोरी कलशलाई लिएर जल मेयरको कार्यालयमा पुगेकी थिइन् । उनीहरुले करिब ४५ मिनेट कुराकानी गरे ।

आफूलाई ह्याण्डसम लाग्ने भन्दै जलले मेयर बालेनको प्रशंसा गरिन् । मिडियामा देखेको भन्दा ह्याण्डसम लागेको भन्दै उनले प्रशंसामा शब्द खर्चिइन् । बालेन पनि जलको प्रशंसामा मख्ख परे । आफू जलको फ्यान भएको भन्दै उनका फिल्महरु नबिराई हेर्ने गरेको अनुभव बालेनले सुनाए ।

पूजा चन्द र जलका फिल्म त्यतिबेला आफूलाई खुबै मनपर्ने बालेनको भनाइ थियो । अनि बालेनले अमेरिकामा मेयरको सिस्टम कस्तो छ भन्दै जलका पति शरदलाई जिज्ञासा राखेका थिए । छोरी कलशले काठमाडौंमा राति मात्र किन मापसे जाँच हुन्छ भन्दै बालेनलाई प्रश्न गरेकी थिइन् ।

जवाफमा बालेनले नेपालमा प्रायः राति मात्र मदिरा पिउने प्रचलन रहेकाले राति मात्र मापसे चेकजाँच हुने बताएका थिए । दिउँसो मापसे चेक गर्दा ट्राफिक जाम हुने उनको भनाइ थियो । एक महिनाअघि सपरिवार नेपाल घुम्न आएकी जल अमेरिकामा बसोबास गर्दै आएकी छन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।