मुख्य सामग्रीमा जानुहोस्
Thursday, 17 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

धमलाको नाम जोडिर शर्मिलाले टिप्पणी गरेपछि एलिजा लेख्छिन् ‘मेरो माया कहिले घट्ने छैन’

Himali Patrika 1 मिनेट पढाइ

संचारकर्मी ऋषि धमला विगत केही दिनदेखि सामाजिक संजालमा विभिन्न कारणले चर्चामा छन् । ३ दिन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ऋषिलाई पत्रकारिताको सर्कस भएको बताएका थिए । त्यसको भोलीपल्ट अर्थात सोमबारबाट भने उनको नाम शर्मिला वाइबा नाम गरेकी महिलासँग जोडिएको छ ।

एकाएक मिडियामा आएर शर्मिलाले ऋषिसँग आफ्नो सम्बन्ध लामो समयदेखि रहेको बताएपछि यसले सामाजिक संजालमा बहस नै सिर्जना गरेको छ । ऋषिले भने यस्तो वेतुकको बिषयमा बोल्न आवश्यक नरहेको पनि तर्क गरेका छन् ।

यसैबिच, ऋषिको नाम शर्मिलासँग जोडिएर आएपछि नायिका तथा धमला पत्नी एलिजा गौतमले सामाजिक संजालमा स्टाटस लेख्दै आफ्नो माया कहिले कम नहुने उल्लेख गरेकी छिन् ।

एलिजा लेख्छिन्–‘जिन्दगीमा कहिले आधी आउँछ, कहिले हुरी आउँछ । तर, तिम्रो र मेरो माया प्रेम कहिले घट्नेवाला छैन । सँगै बाँच्ने सँगै मर्ने कसम खाएर अगाडि बढेको हाम्रो जीवन सात जुनीसम्म पनि हजुरलाई नै पाउँ पनि भगवान्सँग प्रार्थना गर्दछु ।’

उनले, धेरै माया भन्दै रोज डेको शुभकामना समेत दिएकी छिन् । ऋषिको नाम लिदै शर्मिला वाइबाले अन्तरवार्ता दिएपछि अधिकांश मानिसहरुले एलिजाको प्रतिक्रिया के होला भनेर प्रतिक्षा गरेका थिए । एलिजाले भने आफ्नो माया कहिले कमी नहुने भन्दै ऋषिलाई दरिलो साथ दिएकी छिन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।