मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

पल शाह देख्दा शाहरुख खान नै लाग्छ : पूजा शर्मा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । अभिनेता पल शाहसँग पूजा शर्माको निकटता सबैलाई थाहा भएकै कुरा हो । केही फिल्ममा यी दुईको जोडी हिट पनि भएको छ । जबर्जस्ती करणीको मुद्दामा पल पक्राउ पर्दा पूजाले आँसु पनि बगाएकी थिइन् ।

यतिबेला पललाई लिएर पूजाले पुनः टिप्पणी गर्दै पलबिना फिल्म उद्योग नै खल्लो लागिरहेको बताएकी छन् । पल र पूजाले सँगै अभिनय गरेको एक गीत समावेश फिल्म ‘मनसँग मन’ शुक्रबारदेखि हलमा रिलिज भएको छ । उक्त फिल्मको विशेष शो आयोजना गरिएको थियो ।

फिल्म हेरिसकेपछि पूजा मिडियासामु पललाई लिएर केही भावुक सुनिइन् । पल बिना आफूलाई नरमाइलो लागिरहेको उनको भनाई छ । पलजस्तो कलाकार पाउन मुस्किल रहेको उनको दावी थियो ।

बोल्दै गर्दा पूजाले बलिउड अभिनेता शाहरुख खानको नाम पनि लिइन् । पूजा शाहरुखकी फ्यान हुन् भन्ने कुरा सबैलाई थाहा भएकै हो । शाहरुखको फिल्म ‘पठान’ रिलिज हुँदा हल पुगेर उनले केक समेत काटेकी थिइन् । पललाई देख्दा पनि शाहरुख नै लाग्ने भन्दै उनले प्रशंसा गरिन् । शाहरुखलाई आफूले भगवान मान्ने बताउँदै पूजाले उनलाई नै हेरेर फिल्म करिअरमा आउने निर्णय समेत गरेको बताइन् । विशेष शोमा अभिनेता पुष्प खड्का पनि उपस्थित थिए ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।