मुख्य सामग्रीमा जानुहोस्
Thursday, 17 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरी हिरासतमा

Himali Patrika 1 मिनेट पढाइ

विराटनगर । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई मोरङको बलबारीबाट प्रहरीले नियन्त्रणमा लिएको छ । बेलबारी नगरपालिका-४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो ।

बेलबारी नगरपालिका-१ स्थित एक होटलबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टीकाबहादुर कार्कीले जानकारी दिए।मादक पदार्थ सेवन गरी होहल्ला र कुटपिट गरेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोप उनीमाथि छ। उनीसँगै रमेश भण्डारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।

पीडित पक्ष इलाका प्रहरी कार्यालय बेलबारीमा आएर अहिलेसम्म जाहेरी भनेको दिएको छैन।‘छलफलको लागि दुवै पक्ष आउने भनेका छन्,’ उनले भने, ‘पीडितले जाहेरी दिए प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाउने छ।’

पीडित पक्षका आफन्तहरू प्रहरी कार्यालय आउँदै गरेको र मिलापत्र भएको अवस्थामा मात्रै उनलाई छाडिने बताए। उनको युट्युब च्यानल छ। आफ्नो युट्युब च्यानलबाट प्रसारित सर्ट भिडिओमा ‘म्याकुरी’ थेगोले उनी चर्चित छन‍्।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।