मुख्य सामग्रीमा जानुहोस्
Thursday, 17 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

‘क्युट’ गायिका त्रिशला गुरुङ गरिन विवाह

Himali Patrika 1 मिनेट पढाइ

गायिका त्रिशला गुरुङले बिहे गरेकी छन्। उनले संगीतकार रोहित शाक्यसँग बिहे गरेकी हुन्।गत भदौमा त्रिशलाले आफू रोहितसँग प्रेम सम्बन्धमा रहेको खुलाएकी थिइन्।

इन्स्टाग्राममा रोहितसँगको तस्बिर सार्वजनिक गर्दै लेखेकी थिइन्, ‘मैले भर्खरै महसुस गरेँ कि हामी लामो समयसम्म साथी बन्न सक्छौं। तिमी मेरो हौ, र तिमीलाई थाहा छ त्यसैले म तिमीलाई मन पराउँछु।’

तर यसलगत्तै उनले यो कुरामा सत्यता नभएको अभिव्यक्ति दिएकी थिइन्। गायिका त्रिशला कभर गीत गाएर चर्चामा आएका थिइन्। उनी पेसाले डाक्टर हुन्। अत्तरखेलस्थित नेपाल मेडिकल कलेजबाट एमबिबिएस पढाइ सकाएकी उनी संगीत क्षेत्रमा पनि सक्रिय छिन्। त्रिशला गुरुङ कभर गीत गाएर चर्चामा आएकी गायिका हुन् । पेसाले चिकित्सक समेत रहेकी त्रिशलाको प्रेम सम्बन्ध पनि अब चर्चाको विषय बनेको थियो ।

 

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।