मुख्य सामग्रीमा जानुहोस्
Thursday, 17 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

विवाह अभिनेत्री सुरक्षा पन्त

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिंदैछन् । फागुन २५ गते चितवनमा हुने वैवाहिक समारोहमा यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

‘अन्तराल’ डेब्यु अभिनेताले अनलाइनखबरसँग विवाहबारे पुष्टि गरे । चितवनमा हुने विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने तयारी छ ।

‘सकेसम्म सानो उपस्थितिमा विवाह सकौं कि भन्ने योजनामा हामी छौं,’ सुवेदीले भने, ‘तयारी भइरहेको छ ।’ सन् २०१५ मा रिलिज भएको ‘अझैपनि’बाट सुरक्षाले अभिनय करिअर थालेकी थिइन् ।

पहिलो फिल्म अन्तरालपछि मानवले नेपथ्य र चिनी कम रङ कडामा अभिनय गरे । उनी यतिबेला छोटो फिल्मको निर्देशन गर्दैछन् । ओस्कार फिल्म कलेजबाट फिल्मको अध्ययन गरेका सुवेदीको पुर्ख्यौली घर झापा हो । झण्डै ६ वर्षदेखि सुरक्षा र मानव प्रेम सम्बन्धमा थिए । दुवैले सम्बन्धलाई लो-प्रोफाइलमा राख्दै सार्वजनिक गरेनन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।