मुख्य सामग्रीमा जानुहोस्
Thursday, 17 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

यी दुई फिल्मले कमाए नेपालमा १०-१० करोड

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । ‘अवतार : द वे अफ वाटर’ र ‘पठान’ यस वर्ष नेपाली बक्स अफिसमा दुई अंकको कमाइ गर्ने फिल्म बनेका छन् । भन्नुको अर्थ, २०७९ सालमा हलिउडको ‘अवतार २’ र यशराज ब्यानरको बलिउड फिल्म ‘पठान’ले १० करोड रुपैयाँ हाराहारीमा कमाइ गर्न सके ।

माघ ११ गते रिलिज भएको ‘पठान’को नेपालमा लाइफटाइम कलेक्सन १० करोड आठ लाख रुपैयाँ ग्रस छ । दुई करोड ५० लाख नेपाली रुपैयाँमा खरिद गरेको यो फिल्मबाट वितरकले झण्डै दुई करोड मुनाफा गरेका छन् । वितरकले नेपालबाट झण्डै तीन करोड ३६ लाख नेरु सेयर रकम यशराज ब्यानरलाई बुझाएका छन् ।

पुस १ गते रिलिज भएको जेम्स क्यामरुन निर्देशित ‘अवतार : द वे अफ वाटर’ले पनि १० करोड हाराहारीमा कमाइ गरेको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले जनाएको छ । १० करोडभन्दा चार-पाँच हजारले कम कमाइ भएपनि यसलाई दुई अंकको कमाइ मान्न सकिन्छ । बलिउड फिल्मले १० करोडभन्दा बढी कमाइ गरिरहेपनि नेपालमा अंग्रेजी फिल्मले दुई अंकको कमाइ गर्नु दुर्लभ घटना हो ।

यी दुवै फिल्मले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङ गरेका थिए । यस वर्षको जेठ १३ गते रिलिज भएको नेपाली फिल्म ‘कबड्डी ४’ले झण्डै २४ करोड कमाउँदै नेपाली बक्स अफिसमा धेरै कमाउने स्वदेशी फिल्मको कीर्तिमान रचेको छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।