मुख्य सामग्रीमा जानुहोस्
Thursday, 17 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

गायीका एलिना चौहान भोल़ी शुक्रवार घोराही महत्स्वमा आउदै

Himali Patrika 1 मिनेट पढाइ

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा शुक्रवार गायीका एलिना चौहानको प्रस्तुति रहने भएको छ ।

महासंघको आयोजनामा फागुन ३ गतेदेखी घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिगौँरामा जारी प्रदर्शनीमा नेपाली सांगितीक क्षेत्रका पछिल्लो समयको लोकप्रीय गायीका चौहानको प्रस्तुति हुने आयोजकले जानकारी दिएको छ ।

“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा चौहानको फागुन १२ गते एलिना चौहानको प्रस्तुति रहने छ ।

पछिल्लो समय महोत्सवहरुमा उहाँको प्रस्तुतिसँगै दर्शकहरु नाचेको भिडियो भाईरल भईरहेको छ । त्यसैले उहाँ युवाहरुमाझ लोकप्रीय हुनुहुन्छ । उहाँको ‘धोकेबाज हौ तिमी’ बोलको गीत पछिल्लो समय महोत्सवहरुमा लोकप्रीय छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।