गायीका एलिना चौहान भोल़ी शुक्रवार घोराही महत्स्वमा आउदै

गायीका एलिना चौहान भोल़ी शुक्रवार घोराही महत्स्वमा आउदै

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा शुक्रवार गायीका एलिना चौहानको प्रस्तुति रहने भएको छ ।

महासंघको आयोजनामा फागुन ३ गतेदेखी घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिगौँरामा जारी प्रदर्शनीमा नेपाली सांगितीक क्षेत्रका पछिल्लो समयको लोकप्रीय गायीका चौहानको प्रस्तुति हुने आयोजकले जानकारी दिएको छ ।

“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा चौहानको फागुन १२ गते एलिना चौहानको प्रस्तुति रहने छ ।

Europass CV in Nepal

पछिल्लो समय महोत्सवहरुमा उहाँको प्रस्तुतिसँगै दर्शकहरु नाचेको भिडियो भाईरल भईरहेको छ । त्यसैले उहाँ युवाहरुमाझ लोकप्रीय हुनुहुन्छ । उहाँको ‘धोकेबाज हौ तिमी’ बोलको गीत पछिल्लो समय महोत्सवहरुमा लोकप्रीय छ ।