मुख्य सामग्रीमा जानुहोस्
Thursday, 17 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

फोटो खिचेको विषयलाई लिएर किन रिसाइन् आलिया भट्ट ?

Himali Patrika 1 मिनेट पढाइ

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो फोटो बिना अनुमति खिचेको र पोस्ट गरेको भन्दै रिसाएकी छन्। भारतीय सञ्चारमाध्यम इटाइम्सले उनी घरमा बसिरहेको बेला तस्बिर खिचेर पोस्ट गरेको थियो। आलियाले इन्स्टाग्राम अकाउन्टमार्फत उक्त जानकारी दिएकी हुन्।

‘के साँच्चै म आफ्नो घरमा थिएँ? म लिभिङ रूममा बसिरहेको थिएँ। त्यतिबेला मलाई कसैले हेरिरहेको छ जस्तो लाग्यो। मैले माथि हेर्दा अगाडि घरको छतमा दुई जना क्यामेरा लिएर बसेको देखेँ। कुन दुनियाँमा यस्तो कामलाई सही भनिन्छ र यस्तो हर्कतलाई अनुमति दिइन्छ? हरेक कुराको एउटा सीमा हुन्छ, जसलाई तपाईंहरूले पार गर्न हुँदैन। तर आज तपाईंहरूले सबै सीमा पार गर्नुभयो,’ उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्।

उनको समर्थनमा बलिउड अभिनेत्री अनुष्का शर्मा, करण जोहर, अर्जुन कपूर, जाह्नवी कपूर देखिएका छन्।हालै आलियाले छोरी राहालाई जन्म दिएकी छन्। आमा बनेपछि उनी घरमै बसिरहेकी छन्। उनी पछिल्लो समय फिल्म ‘ब्रह्मास्त्र’ मा देखिएकी थिइन्।

फिल्म निर्माता परिवारकी सन्तानका रूपमा बेलाबेला विभिन्न आलोचना खेपे पनि उनले आफ्नो अभिनयबाट आफूलाई अब्बल सावित गरिसकेकी छन्।’स्टुडेन्ट अफ द इयर’ बाट बलिउड फिल्मको मुख्य भूमिकामा देखा परेकी आलियाले यसपछि राम्रा फिल्ममा आफ्नो दमदार प्रस्तुती दिइन्।

उनले ‘आरआरआर, राजी, गंगुबाई काठियावाडी, डियर जिन्दगी, गल्ली ब्वाइ, कंलक’ लगायत थुप्रै फिल्ममा अभिनय गरेकी छन्। आलिया अब करण जोहरको ‘रकी और रानी की प्रेम कहानी’ मा देखिनेछन्।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।