मुख्य सामग्रीमा जानुहोस्
Thursday, 17 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयाघात

Himali Patrika 1 मिनेट पढाइ

बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयाघात भएको छ। बिहीबार उनले आफ्नो इन्स्टाग्राममार्फत यसबारे जानकारी दिएकी हुन्।उनका अनुसार दुई दिनअघि उनलाई हृदयाघात भएको हो। एन्जियोप्लास्टी गरेर मुटुमा स्टेन्ट राखिएको पनि उनले जानकारी दिएकी छन्।

सुस्मिताले भनेकी छन्, ‘तपाईंहरू आफ्नो मुटुलाई खुसी र बलियो राख्नुहोस्। तपाईंलाई आवश्यक परेका बेलामा यो तपाईंको साथमा हुनेछ। मलाई दुई दिनअघि हृदयाघात भएको थियो। एन्जियोप्लास्टी गरेँ। स्टेन्ट राखियो। महत्वपूर्ण कुरा, मेरा कार्डियोलोजिस्टले मेरो मुटु ठूलो छ भने। समयमै मेरो उपचारमा सहयोग गर्नेहरू धेरै हुनुहुन्छ। उहाँहरू सबैलाई धन्यवाद…म अहिले ठीक छु र बाँकी जीवनका लागि पनि तयार छु…।’

उनका शुभचिन्तक र प्रशसंकहरूले उनको स्वास्थ्य लाभको कामना गरेका छन्।कामको कुरा गर्दा सुस्मिताको नयाँ वेबसिरिज ‘आर्या ३’ आउँदैछ।सन् १९९४ मा मिस युनिभर्सको ताज पहिरिएलगत्तै बलिउड प्रवेश गरेकी सुस्मिताको फिल्मी करिअर कहिल्यै पनि खासै जमेन। उनका फिल्महरू हिट त हुन्थे तर उनले समकालीनहरूको दाँजोमा अलग्गै पहिचान बनाउन सकेकी थिइनन्।

आफ्नो लामो करिअरमा उनका यादगार सिनेमा खासै छैनन्। यसबीच पछिल्लो १० वर्ष उनी बलिउडबाट पूरै हराइन्। आफ्नो स्वास्थ्य उपचार र दुई जना छोरीको लालनपालनमै व्यस्त भएकाले करिअरबाट विश्राम लिएको उनले बताएकी छन्।

दस वर्षपछि उनले गत वर्ष डिज्ने स्टारको वेबसिरिज ‘आर्या’ मार्फत् कमब्याक गरेकी छन्। यो वेबसिरिजको दोस्रो संस्करण पनि रिलिज भइसकेको छ।’आर्या’ को पहिलो संस्करणबाट सुस्मिता सेनले थुप्रै अवार्डहरू पनि जितेकी छन्।केही समयअघि सुस्मिता आफ्नो प्रेम सम्बन्धका कारण पनि चर्चामा आएकी थिइन्। सुस्मिता र आइपिएलका पूर्व अध्यक्ष ललित मोदी एकअर्कासँग प्रेम सम्बन्धमा थिए।

केही समयपछि ललितले सामाजिक सञ्जालबाट सुस्मिताका फोटा हटाएपछि उनीहरूको ब्रेकअप भएको हो कि भन्ने आकलन पनि छ। आफूहरूको सम्बन्धबारे आफैंले जानकारी दिएका उनीहरूले छुटेकाबारे भने कुनै प्रतिक्रिया दिएका छैनन्।

सुस्मिताको नयाँ फिल्म ‘ताली’ पनि आउँदैछ। यसमा उनी ट्रान्सवुमन (पारलैंगिक) महिलाको भूमिकामा देखिन लागेकी छन्। सुस्मिताको यो फिल्म पारलैंगिक महिला गौरी सावन्तको जीवनीमा आधारित छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।