रणवीर कपूरले आफ्नो छोरी श्रीमती आलिया जस्तो नहोस् भनेपछि

रणवीर कपूरले आफ्नो छोरी श्रीमती आलिया जस्तो नहोस् भनेपछि

बलिउड अभिनेता रणवीर कपूर फिल्म ‘तू झुठी मे मक्कार’ लाई लिएर चर्चामा छन्।भारतमा बुधबारदेखि प्रदर्शनमा आएको फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। दर्शकले फिल्ममा रणवीर र श्रद्धा कपूरको जोडीलाई रूचाइरहेका छन्।

यसै फिल्मको प्रमोशनका क्रममा अभिनेता रणवीरले आफ्नो व्यक्तिगत जीवनबारे कुराकानी गरेका थिए। उनले पहिलो पटक अभिभावक हुँदाको अनुभव सेयर गरेका थिए।’राहाको मुस्कान देखेपछि उनलाई छोडेर काममा जान मन लाग्दैन,’ उनले भने।

साथै उनले आफ्नो छोरी आलिया जस्तो नहोस् भन्ने चाहना व्यक्त गरे।’राहा आलिया जस्तै देखियोस् तर उनको स्वभाव मेरो जस्तै होस् भन्ने चाहन्छु। आलिया निकै तेज र धेरै कुरा गर्छिन्। यदि राहा आलिया जस्तै भइन् भने घरमा दुई जना उस्तै हुन्छन्। उनीहरूलाई सम्हाल्न मेरो लागि धेरै गाह्रो हुन्छ। त्यसैले राहा मेरो जस्तै शान्त स्वभावको होस् भन्ने चाहन्छु। ताकि हामी दुई जना आलियाको ख्याल राख्न सकूँ,’ उनले भने।

Europass CV in Nepal

आलियाले गत ६ नोभेम्बरमा छोरीलाई जन्म दिएकी थिइन्।केही वर्ष प्रेममा रहेका आलिया र रणवीरले १४ अप्रिल २०२२ मा विवाह गरेका थिए।आलिया र रणवीर पछिल्लो समय फिल्म ‘बह्मास्त्र’ मा एकसाथ देखिएका थिए। यो फिल्मले बक्स अफिसमा औसत व्यापार गरेको थियो।

आलियाले आफ्नो पहिलो हलिउड फिल्म ‘हार्ट अफ स्टोन’ को छायांकन सकाएकी छन्। उनी करण जोहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ र कट्रीना कैफ र प्रियंका चोपडासँग ‘जिले जरा’ मा देखिनेछिन्। रणवीर रश्मिका मन्दानासँग फिल्म ‘एनिमल’ मा देखिनेछन्।

 

Europass CV in Nepal