मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 16 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

बलिउड फिल्म पठानले गर्यो सबै रेकर्ड ब्रेक्र, नेपाली हलहरूबाट उत्रिसकेको फिल्मले कति कमायो ?

Himali Patrika 1 मिनेट पढाइ

बलिउड अभिनेता शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनीत फिल्म ‘पठान’ ले नेपालबाट राम्रो कमाइ गरेको छ।वितरक मनोज राठीका अनुसार फिल्मले नेपालबाट ८ करोड रूपैयाँ कमाएको छ। ‘पठान’ अहिले नेपाली हलहरूबाट उत्रिसकेको छ।

जनावरी २५ देखि प्रदर्शन भएको फिल्मले भारतमा अझै पनि राम्रो व्यापार गरिरहेको छ।हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार यो फिल्मले भारतबाट ५३६ करोड ७७ भारू कमाएको छ भने यसको विश्वव्यापी कमाइ हजार करोड नाघेको छ।

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको अतिथि भूमिका छ। यो फिल्ममार्फत शाहरूख खानले चार वर्षपछि कमब्याक गरेका हुन्।

शाहरूख भारतीय सैनिकको भूमिकामा देखिएका छन् भने दीपिका पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट र जोन खलनायकको भूमिकामा छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा श्रीधर राघवन र संवाद अब्बास टायरवालाले तयार पारेका हुन्।

गल, केजीएफ टू र बाहुबलीले कमाएका सबै रेकर्डबाट पठान माथि उठेको छ । यो फिल्मले प्रदर्शन सुरु गरेको छैठौँ हप्तामा आइसक्दा समेत अझै पनि हलमा राम्रै दर्शक पाइरहेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पठान फिल्मले अहिलेसम्म विश्वभरबाट १० अर्ब ३८ करोड भारु आम्दानी गरेको छ । भारतमा फिल्मको कुल कमाई हिन्दीमा मात्रै ५ अर्ब १७ करोड पुगेको छ । सबै भाषालाई मिलाएर फिल्मले भारतमा ५ अर्ब ३५ करोड भारु कमाएको छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।