भारतीय गायक हनी सिंह पहिलो पटक नेपाल आउने

भारतीय गायक हनी सिंह पहिलो पटक नेपाल आउने

भारतीय गायक हनी सिंह पहिलो पटक नेपाल आउने भएका छन्।उनी चैत २५ गते काठमाडौं बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुनेछन्।

युनिफाइ नेपालको आयोजनामा हुने कार्यक्रममा उनको सहभागिता रहने आयोजकले जनाएका छन्। ह्यातमा हुने कार्यक्रमको टिकट सबै मूल्यसम्बन्धी जानकारी ई-सेवामा राखिएको युनिफाई नेपालका रविन श्रेष्ठले जानकारी दिए।

‘साधारण टिकटको १ हजारदेखि माथि र भिआइपी टिकटको २ हजार रूपैयाँभन्दा बढी हुन सक्नेछ। अहिले सम्पूर्ण टिकटको मूल्य निश्चित भइसकेको छैन,’उनले भने।गायक सिंहका ‘ब्लु आइज, धिरे धिरे र चार बोतल भोडका’ लगायतका गीतहरू चर्चित छन्। उनले नेपालमा हुने सांगीतिक कार्यक्रममा आफ्नो चर्चित गीतहरूको प्रस्तुती दिनेछन्।

Europass CV in Nepal

युनिफाइ नेपालका रविन श्रेष्ठ, रितेश मारवाडी र एल्भिस रन्जीतसँगको भेटमा सिंहले नेपाल जान आतुर रहेको बताएका थिए। ‘नेपाल भारतको छिमेकी मुलुक भएकाले मलाई धेरै मनपर्छ। चाँडै नेपाल आउँदैछु,’ सिंहको भनाइ उद्त गर्दै श्रेष्ठले भने।

हनी सिंह संगीत कम्पोजर, र्‍यापर, गायक, गीतकार र अभिनेताका रुपमा समेत परिचित छन्। उनले सन् २००३ देखि रेकर्डिङ कलाकारको रूपमा आफ्नो करियर सुरु गरेका थिए। उनले सन् २०१२ मा पन्जाबी फिल्म ‘अन टोल्ड स्टोरी’ मा अभिनय गरेका छन्।

 

Europass CV in Nepal