वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध एक वर्ष नपुग्दै अन्त्य, श्रीमान आशिषले गरे अर्को विवाह

वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध एक वर्ष नपुग्दै अन्त्य, श्रीमान आशिषले गरे अर्को विवाह

काठमाडौं । नायिका वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध एक वर्ष नपुग्दै अन्त्य भएको छ । उनका श्रीमान आशिष गेललले अर्को विवाह गरेका छन् । अमेरिका बस्दै आएका आशिषसँग वर्षाले गत वैशाख ९ गते परम्परागत तवरले लगनगाँठो कसेकी थिइन् । छोटो समयको प्रेमपछि उनीहरु श्रीमान–श्रीमती बनेका थिए । तर, आपसी असमझदारीका कारण १० महिनामै उनीहरु अलग भएका हुन् ।

वर्षा र आशिषको औपचारिक सम्बन्धविच्छेद भइसकेको छ । बिहेपछि वर्षा पनि अमेरिका गएर श्रीमानसँग बस्न थालेकी थिइन् । तर, छोटो समयमै नेपाल फर्किइन् । उनले सामाजिक सञ्जालबाट श्रीमानका तस्वीरहरु हटाएपछि सम्वन्धमा दरार आएको आँकलन गर्न थालिएको थियो ।

यद्यपि, वर्षाले अहिलेसम्म आफ्नो दाम्पत्य जीवनबारे मौनता साँधिरहेकी छन् । वर्षासँग छुट्टिएलगत्तै आशिषले झापाकी युवती समिक्षा विमलीसँग मागी विवाह गरेका हुन् । उनीहरुको हिजो झापामै विवाह भएको बुझिएको छ ।

Europass CV in Nepal

गत वैशाख ९ गते काठमाडौंको एक रिसोर्टमा धुमधामले विवाह गरेका वर्षा र आशिषको सम्बन्ध नौ महिनामै टुंगिएको हो । विवाहलगत्तै वर्षा अमेरिका पुगेकी थिइन् । नेपाल फर्किएलगत्तै सामाजिक सञ्जालमा एकले अर्कोलाई अनफलो गरेपछि यी दुईबीचको सम्बन्धमा दरार आएको अनुमान गरिएको थियो ।

छिटो विवाह गर्दा एकले अर्कोलाई बुझ्न नसकेको र असमझदारी भएको वर्षाले बताइन् । ‘परिवारको तर्फबाट मागेर छिटो विवाह गरियो । एकअर्कालाई बुझ्न सकिएन । असमझदारी भयो,’ उनले भनिन्, ‘दुई महिनाअघि हामी कानुनी रुपमा अलग भयौं ।’ आशिषले सोमबार झापाकी समीक्षा विमली नामकी एक युवतीसँग विवाह गरेका छन् । उनको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ ।

Europass CV in Nepal