बादशाहले नेपाली डान्सर प्रकाशलाई मुम्बई बोलाएपछि

बादशाहले नेपाली डान्सर प्रकाशलाई मुम्बई बोलाएपछि

काठमाडौं । बलिउड हिपहप गायक बादशाह आफ्नो आगामी गीत ‘सनक’लाई लिएर चर्चामा छन् । उनको चर्चा भारतमा मात्र होइन, यतिबेला नेपालमा समेत भइरहेको छ । ‘सनक’ गीतको हुकस्टेप अहिले इन्स्टाग्राम रिल्समा भाइरल बनिरहेको छ ।

बादशाहले सेयर गरेको उक्त गीतको हुकस्टेप भिडियोमा नेपाली डान्सर पारस फिचर्ड छन् । ‘सनक’ गीतमा रिल्स बनाएर नेपालमा समेत भाइरल भएका पारसको उक्त भिडियो बादशाहसामु पुगेपछि उनले पारसलाई मुम्बईमा बोलाएका थिए । बादशाहले पारससँग हुकस्टेपमा नाचेको भिडियोलाई इन्स्टाग्राममा सेयर गरेपछि पारसको चर्चा झनै चुलिएको छ ।

पारसलाई फिचर्ड गरेर बादशाहले मुम्बईमा भिडियो छायांकन गरेका छन्, जुन चाँडै रिलिजको तयारीमा छ । एकाएक चर्चामा आएपछि नेपाली डान्सर पारसले भने, ‘मेरो हुकस्टेपले मलाई यो स्थानसम्म ल्याउला भनेर मैले सोचेको पनि थिइनँ । मलाई मौका दिनुभएकोमा बादशाहलाई धन्यवाद ।’ दुई हिन्दी गीत तुम तुम, नैनो वाले गीतमा पनि डान्स गरेर पारसले चर्चा बटुलिसकेका छन् ।

Europass CV in Nepal

 

Europass CV in Nepal