बलिउड फिल्म ‘एनिमल’ अभिनय गर्दै विपिन कार्की

बलिउड फिल्म ‘एनिमल’ अभिनय गर्दै विपिन कार्की

लोकप्रिय अभिनेता विपिन कार्कीको अभिनय बलिउड फिल्ममा पनि रहने भएको छ । फिल्म ‘एनिमल’ को मुख्य भूमिकाका लागि उनी छनौटमा परेका हुन् । फिल्म अभिनय बिषयमा आफ्नो कुरो पक्की भएको अभिनेता विपिनले बताए ।

‘निर्देशक टिमबाट मलाई फिल्म अभिनयको लागि फोन आएको थियो । फिल्म अभिनय पक्कापक्की भएको छ’ विपिनले भने ‘सुटिङ जुलाई तथा अगष्टमा भनिएको छ । काम गर्ने कुरो फाइनल भयो ।’ सेल्फी किङ हेरेर प्रभावित भएपछि सो फिल्म अफर गरेको उनले सुनाए । अहिले औपचारिक सम्झौता भने भएको छैन । तर निर्माण युनिटले टिमले ढुक्क हुन भनेको छ’ विपिनले थपे ।

सन्दिप रेड्डी भांगाले निर्देशन गर्न लागेको ‘एनिमल’ मा रणवीर कपुर, अनिल कपुर, बबि देओल र परिनीति चोपडा लगायतको अभिनय रहनेछ । निर्माण युनिटले फिल्मको फष्टलुक समेत सार्वजनिक गरेको छ । विपिनको यो पहिलो बलिउड फिल्म हो । थुप्रै नेपाली फिल्म अभिनय गरेका विपिनले केही अगाडि ‘रेक सुडकेस’ फिल्म अभिनय सकाएका छन् ।

Europass CV in Nepal

भस्मे डनदेखि गोपीसम्म

सन् २०१६ मा रिलिज भएको यो फिल्म विपिनको करिअरको टर्निङ पोइट थियो। हुन त योभन्दा पहिले पनि उनी ठूलो पर्दामा नदेखिएका होइनन्। लुटदेखि विपिनले छड्के, जात्रा, ताण्डव, कालोपोथी, हरि, प्रसादजस्ता फिल्ममा अभिनय गरिसकेका छन्।

पित्ले डन, भस्मे डन, गोल्दाइ, हरिजस्ता जबर्जस्त भूमिकामा उनी फिल्महरूमा देखिए। फिल्म पिच्छे उनको भूमिका र गेटअप फरक भेटिन्छ। भन्छन्, ‘अभिनय गर्ने नै हो भने अलि फरक भूमिकामा गरौं जस्तो लाग्छ।’

पछिल्लो समय उनी हिरोको भूमिकामा पर्दामा देखिन थालेका छन्। तर डनदेखि दलितसम्मको भूमिकामा आफूलाई फिट राखेका विपिन भन्छन्, ‘क्यारेक्टर आर्टिस्टकै नामले चिनिन चाहन्छु।’ उनका अनुसार मुख्य भूमिका गर्ने व्यक्ति नै वास्तवमा नायक हो। ऊ नै फिल्मको हिरो हो।’

फिल्मको हिरो कसलाई भन्ने ? ६ फिट हाइट भएको ह्यान्डसम अनुहार। वजनदार आवाज। फिट बडी। नायिकालाई सजिलै बोक्न सक्ने यस्तै यस्तै। तर नेपाली फिल्म उद्योगमा आजभोलि यस्ता हिरो कमै छन्। तर क्यारेक्टर आर्टिस्ट भने हाबी हुन थालेका छन्। जसमा पछिल्लो समय विपिनलाई लिन सकिन्छ। ‘पहिले क्यारेक्टर आर्टिस्टलाई महत्त्व दिइँदैन थियो’, उनले भने, ‘हाल यस्ता आर्टिस्टको डिमान्ड छ।’

अहिलेका नेपाली फिल्म वास्तविकतामा आधारित छन्। यस्तो फिल्ममा क्यारेक्टर आर्टिस्ट नै मुख्य भूमिकामा देखिन्छन्। भन्छन्, ‘पहिलेपहिले फाइट, गीतसंगीतमा फिट नहुने भन्दै चरित्र अभिनेतालाई हिरो बनाइँदैन थियो।’

समय परिवर्तन भएसँगै नेपाली फिल्ममा हिरोको मानक परिवर्तन हुँदै गएको उनले बताए। थिएटर आर्टिस्ट विपिनको पूरा समय अहिले ठूलो पर्दाका फिल्ममा नै बित्छ। उनका नयाँ फिल्म एकपछि अर्को गर्दै आउँदै छन्। फिल्म प्रसादपछि उनका ‘गोपी’ र ‘जात्रै जात्रा’ वेटिङ लिस्टमा छन्। भन्छन्, ‘फरकफरक समयमा खेलेका फिल्म एकै पटक आउन लागेका हुन्।’

फिल्मको सुटिङमा व्यस्त हुँदा विपिनले थिएटरलाई मिस गरिरहेको बताए। ‘मेरो कला यात्राको सुरुआत नाटकबाटै भएको हो’, उनले भने, ‘नाटक बिर्सिने त कुरै भएन।’ गत वर्ष विपिन ‘हरियो ढुंगा’ नाटकमा देखिएका थिए। त्यसपछि ‘जयमाया’ लिएर उनी दिल्ली गए। बीचमा एक वर्षको ग्यापपछि फेरि नाटक खेल्ने सोच बनाएका छन्। भन्छन्, ‘थिएटर त नानीदेखि लागेको बानी हो। अब दुई वर्षमा एउटा नाटक गर्ने योजनामा छु।’

रंगमञ्चको दुनियाँमा लामो संघर्ष गरेर विपिन फिल्मको पर्दासम्म आएका हुन्। भन्छन्, ‘नाटकमा मैले सानासाना क्यारेक्टर रोलबाट अभिनय गर्न सुरु गरेको हुँ।’ विपिन भर्खर स्थापित भएका होइनन्। यो क्षेत्रमा उनी १२ वर्षदेखि संघर्ष गरिरहेका थिए। केही बन्न संघर्ष गर्नै पर्ने बताउँछन् उनी। भन्छन्, ‘संघर्षले धेरै कुरा सिकाउँदो रहेछ।’

एकपछि अर्को फिल्ममा लगातार देखिँदा धेरैले उनलाई पैसामा रमाउँदै गएको आरोप लगाए। तर पैसाकै लागि मात्र काम नगरेको उनी बताउँछन्। ‘मैले सधैं स्क्रिप्टलाई महत्त्व दिएको छु’, भन्छन्, ‘पैसाले मात्र सबै कुरा निर्धारण गर्दैन।’

स्क्रिप्ट ध्यान दिएर पढ्ने विपिनको पछिल्लो फिल्म प्रसादको आलोचना पनि भयो। यो फिल्ममा उनी दलितको भूमिकामा देखिएका थिए। पात्रलाई कमजोर र निरीह देखाइएको भन्दै आलोचकले निन्दा गरे। तर फिल्मलाई कथाको रूपमा मात्र हेरिदिन उनी आग्रह गर्छन्। भन्छन्, ‘फिल्मको कथा संविधान जस्तो ठानिदिनु भएन।’

फिल्म प्रसादमा दर्शकले आफ्नो अभिनय मन पराइदिएकोमा भने उनी खुसी छन्। प्रसादको सफलतापछि विपिनलाई हिरोको रूपमा आम दर्शकले स्विकारेको उनको विश्वास छ। रिलिज हुन लागेको फिल्म गोपीमा पनि विपिनलाई मुख्य भूमिकामा नै देखिनेछ। युवा गाईपालकको रूपमा उनी फिल्ममा देखिँदै छन्। क्यारेक्टर आर्टिस्टको भूमिका निभाउँदा निभाउँदै नेपाली मूलधारका चलचित्रको हिरो बन्न पुगेका विपिन रंगमञ्चको यात्रा एक सुखद अनुभूति भएको बताउँछन्।

 

Europass CV in Nepal