मुख्य सामग्रीमा जानुहोस्
Thursday, 17 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

पूजाको आक्रोश : अब पत्रकारलाई सही कुरा भन्दै भन्दिनँ

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । अभिनेत्री पूजा शर्मा पछिल्लो महिना आफू अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ले चर्चामा रहिन् । यसबाहेक फिल्मका नायक पल शाह प्रकरणलाई लिएर पनि उनको नाम चर्चामा रह्यो ।

झण्डै दुई महिना फिल्म चलाउन दौडधुप गरेकी पूजा त्यसपछि बिहीबार पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भइन् । ‘नथिया’ बोलको म्युजिक भिडियो लञ्च कार्यक्रममा सहभागी भएकी उनले पछिल्लो पटकको दौडधुपको अनुभव सेयर गरिन् ।

‘मैले यो वर्ष धेरै कुरा सिकिसकें । पत्रकार र पुलिस कहिल्यै आफ्नो हुँदैन,’ पूजाले भनिन्, ‘अब त म पत्रकारलाई सही कुरा भन्दै भन्दिनँ । सबै मान्छेलाई आ-आफ्नो ठाउँमा राख्नुपर्दोरहेछ । नजिक पनि होइन, टाढा पनि होइन । धेरै निकट हुँदा पनि कहिलेकाहीं घात हुँदोरहेछ । त्यो पाठ मैले सिकें ।’

उनले अगाडि भनिन्, ‘दुईतीन दिनमा मैले के गर्दैछु भनेर तपाईंले आफैं थाहा पाउनुहुनेछ ।’

पल शाह जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागार चलाना भएपछि पहिलोपटक उनी यसरी मिडियामा प्रस्तुत भएकी हुन् । उनी अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।