मुख्य सामग्रीमा जानुहोस्
Thursday, 17 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

बलिउडले मलाई धान्न सक्दैन : महेश बाबु

Himali Patrika 1 मिनेट पढाइ

दक्षिण भारतीय अभिनेता महेश बाबुले बलिउड फिल्ममा काम नगर्ने बताएका छन्। उनले आफूलाई बलिउडले धान्न नसक्ने समेत बताएका छन्।

उनले सोमबार फिल्म ‘सरकारु वारी पाता’को ट्रेलर सार्वजनिक कार्यक्रममा उक्त कुरा बताएका हुन्। भारतीय सञ्चार माध्यम नवभारत टाइम्सका अनुसार बलिउड फिल्ममा काम गरेर समय बर्बाद नगर्ने उनले बताएका छन्।

‘मलाई बलिउड फिल्मबाट धेरै अफर आउँदैन। तर मलाई लाग्छ कि उनीहरू मलाई लिन सक्दैनन्। म बलिउडमा काम गर्न चाहन्न। जो मलाई धान्न सक्दैनन्’ उनले भनेका छन्, ‘यहाँ मैले राम्रो स्टारडम र सम्मान पाएको छु। मैले कहिले पनि यो उद्योग छाडेर जाने सोचेको छैन। मैले सधैँ यहाँ राम्रा फिल्म गर्ने र ठूलो उद्योग बनाउने सोचेको थिएँ। मेरो सपना पूरा भइरहेको छ। म यहीँ खुसी छु।’

महेश बाबु पछिल्लो समय ‘सरिलेरु नीकेववरु’मा देखिएका थिए। यो फिल्म सन् २०२० मा सार्वजनिक भएको थियो। उनी ‘सरकारु वारी पाता’मा देखिदैँछन्। परशुरामले निर्देशन गरेको फिल्ममा महेशसँगै अभिनेत्री कीर्ति सुरेश र कमेडियन भेनेला किशोरको पनि अभिनय छ।

यो फिल्म यही मे १२ अर्थात वैशाख २९ गतेदेखि प्रदर्शन हुँदैछ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।